हिउँ पन्छाएर खोलियो अवरुद्ध नाग्म–गमगढी सडक

शुक्रबार, फागुन ११, २०८०

मुगु । हिउँ जमेर बुधबारदेखि अवरुद्ध भएको नाग्म–गमगढी सडक सञ्चालनमा आएको छ ।  जुम्ला सडक डिभिजन कार्यालयले सडकखण्डको पिना–सातमोड–बुलबुले क्षेत्रमा जमेको हिउँ एक्साभेटर प्रयोग गरेर पन्छाएपछि सडक सञ्चालनमा आएको हो । सडकखण्ड अन्तर्गत नाग्म–गमगढी अन्तरगर्त भुलभुले, सप्टिीचौर र मुगु तर्फका सातमोडमा जमेको हिउँ पन्छाएर संचालनमा ल्याइएको सडक डिभिनज कार्यालय जुम्लाका सुपरभाईजर जग्गी सावतले बताए । 

Photo-(2)-(1)-1708694232.jpg
विगत वर्षमा वर्षा याममा पानी र हिउँदमा हिउँ पर्दा यो खण्डको सडक महिनादिनसम्म अवरुद्ध हुने गरेकामा  चालु आवमा सडक डिभिजन कार्यालयले पहिरो र हिउँ पन्छाउन ठाउँठाउँमा एक्साभेटर र कर्मचारी तयारी अवस्थामा राखेकाले  छिटै बाटो सञ्चालनमा आएको हो ।  यही नाग्म–गमगढी सडकखण्ड बाट नेपालको सुन्दर ठूलो ताल रारा घुम्न आउर्ने आन्तरीक तथा बाहिरिय पर्यटकहरु रुट बाट रारा घुम्न आउर्ने गरेका छन ।

प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०८०  १९:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार