कोशी प्रदेशका करिब ९ लाख बालबालिकालाई दादुरा–रुबेला खोप

शुक्रबार, फागुन ११, २०८०

विराटनगर । कोशी प्रदेश १४ वटै जिल्लामा गरी करिब ९ लाखजना बालबालिकालाई दादुरा–रुबेलाको खोप लगाइने भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाले शुक्रबार विराटनगरमा पत्रकार सम्मेलन गरी फागुन १३ गतेदेखि खोप अभियान सञ्चालन हुने जनाएको छ । दुई चरणमा गरी बालबालिकाहरुलाई दादुरा–रुबेलाको खोप लगाइने जानकारी निर्देशनलयले दिएको छ । त्यस क्रममा कोशी प्रदेशको १४ वटै जिल्लाका ८ लाख ९३ हजार ९ सय ३४ जना बालबालिकालाई दादुरा–रुबेलाको खोप लगाइने स्वास्थ्य निर्देशक ज्ञानबहादुर बस्नेतले बताए । स्वास्थ्य निर्देशनालयका खोप अधिकृत उदेश श्रेष्ठले पहिलो र दोस्रो चरण गरी चैत ७ गतेसम्म ८ हजार ३ सय ६४ खोप केन्द्र मार्फत् खोप लगाउने अभियान सञ्चालन हुने बताए ।

प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०८०  १८:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार