काठमाडौंमा बिहीबार पहिलो हिउँदे वर्षा

बिहीबार, फागुन १०, २०८०

काठमाडौं । हिउँद बित्न लाग्दा काठमाडौंमा बिहीबार असिना पानी परेको छ । यो यसपालिको पहिलो हिउँदे वर्षा हो ।  काठमाडौंसहित अहिले बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी क्षेत्रमा वर्षा तथा हिमाली क्षेत्रमा हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाको मौसम विभागले जनाएको छ ।  महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ । बिहीबार विहानैदेखि मौसम प्रतिकूल रहँदा आन्तरिक वायुसेवाको उडान तालिका प्रभावित भएको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  १७:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार