गोदावरी नगरमा फागुन १३ देखि २३ सम्म दादुरा रुबेलाको खोप 

९ महिनादेखि १५ वर्षसम्मका ३० हजार बालबालिकालाई खोप दिइने 
सोमबार, फागुन ७, २०८०

ललितपुर । गोदावरी नगरपालिकाका ३० हजार बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप लगाइने भएको छ । यहि फागुन १३ गतेदेखि २३ गतेसम्म सञ्चालन हुने दादुरा रुबेला खोप अभियानमा ९ महिनादेखि १५ वर्षसम्मका करिब ३० हजार बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप लगाउन लागिएको हो ।  गोदावरी नगरपालिकाले दादुरा रुबेला खोप अभियानका सन्दर्भमा नगरपालिका खोप समन्वय समितिका प्रतिनिधि, सञ्चारकर्मी र सरोकारवालाहरूसँगको अन्तरक्रिया कार्यक्रममा ललितपुर स्वास्थ्य कार्यालयका खोप अधिकृत पार्थमणि न्यौपानले गोदावरी नगरपालिकामा ३० हजारले खोप लगाउने जानकारी दिए । न्यौपानेका अनुसार बालमृत्युदरको एक महत्वपूर्ण कारण दादुरा रुबेला हो ।

WhatsApp-Image-2024-02-19-at-07.30.32-1708307450.jpeg
एकजना दादुरा रुबेलाका रोगीले ४० जनासम्मलाई यो रोग सार्न सक्ने अध्ययनले बताएको छ । न्यौपानेले भने, ‘दादुराबाट बालबालिकालाई जोगाउन यो नेपाल सरकारले यो कार्यक्रम ७५ वटा जिल्लामा सुरु गरेको हो ।’ अन्य दुई जिल्लामा यो अभियान यसअघि नै सम्पन्न भइसकेको छ । 
सामाजिक विकास समितिका अध्यक्ष एवम गोदावरी नगरपालिका वडा नंं.१०का वडाअध्यक्ष शेखर न्यौपानेले खोप अभियानमा सहयोग पुर्‍याउन सबैलाई अनुरोध गरे । गोदावरीलाई बालमैत्री नगर घोषणा गर्न यो अभियान सफल हुनुपर्ने धारणा राख्दै उनले स्वास्थ्यकर्मी र शिक्षकहरूको भूमिका महत्वपूर्ण हुने स्पष्ट पारे । 
गोदावरी नगरपालिका स्वास्थ्य शाखा प्रमुख लालबहादुर थापाले दादुरा रुबेला खोप अभियानको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिए । दुई सय पचास विद्यार्थी संख्या रहेको विद्यालयमा खोप केन्द्र राख्ने बताउँदै भने, ‘यो संख्या भन्दा कम विद्यार्थी भए नजिकैको अर्को विद्यालयमा मर्ज गरेर खोप लगाउने व्यवस्था मिलाउँछौं ।’ गएको भदौ महिनामा दादुरा रुबेलाको आउट ब्रेक भएपछि सरकारले यो रोग निवारणका लागि खोप अभियान सञ्चालन गरेको हो ।  सन् २०२६ सम्ममा नेपालमा दादुरा रुबेला निवारण गर्ने लक्ष्य राखिएको छ।

WhatsApp-Image-2024-02-19-at-07.30.10-1708307452.jpeg
 

प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  ०७:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार