तराईमा हुस्सु र कुहिरो, देशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

सोमबार, फागुन ७, २०८०

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेकोे जनाएको छ । जसकारण आज देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ ।  आज सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ । तराईका थोरै स्थानहरूमा हुस्सु र कुहिरो लागेको विभागले जनाएको छ । 
त्यस्तै, सोमबार दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदली  देखि मुख्यतया सफा रहने छ । सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा देशको बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।  सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा र बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  ०७:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार