मौसम पूर्वानुमान

आज हल्का वर्षा र हिमपातको सम्भावना

आइतबार, फागुन ६, २०८०

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । जसकारण आज देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदली देखि मुख्यतया सफा रहने विभागले जनाएको छ ।  पहाडी भू–भागका केही ठाउँहरुमा हल्का वर्षाको सम्भावना छ भने हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको छ । आज विहानैदेखि तराईका थोरै स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ ।
बिभागका अनुसार आज कोशी,  कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । आज कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा फाटफुट देखि हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०  ०९:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार