महालक्ष्मी महोत्सवको प्रभातफेरीमा नमिलेका दृश्य ! 

उपमेयर लक्ष्मी महर्जन भन्छिन्,‘प्रभातफेरी मेरो अनुपस्थितिमै उद्घाटन भयो’
बिहीबार, फागुन ३, २०८०

ललितपुर । फागुन ५ देखि ७ गतेसम्म हुने तय भएको महालक्ष्मी महोत्सव २०८० मा बिहीबार केही नमिलेका दृश्य देखिए । मेयर हरिगोविन्द श्रेष्ठ र उपमेयर लक्ष्मी महर्जन नगरपालिकाका कार्यक्रममा प्राय एक साथ नै देखा पर्ने गर्दथ्ये, तर महालक्ष्मी महोत्सवको सन्दर्भ पारेर बिहीबार बिहान आयोजना गरिएको प्रभातफेरीमा उनीहरू दुबैजना एक साथ देखिएनन् । प्रभातफेरीमा नदेखिएको विषयमा उपप्रमुख लक्ष्मी भन्छिन्,‘आज मेरो उपस्थिति बिनै महोत्सवको प्रभातफेरी कार्यक्रम मेयर सावले उद्घाटन गर्नुभयो । महोत्सवमा मेयर सावले एकलौटी गर्न खोज्नु भएको छ ।’

Hari-Gobinda-Shrestha--1707810021.jpg
प्रभातफेरी ग्वार्को पूलबाट सुरु भएको थियाे । ईमाडोल, सानागाउँ हुँदै लुभूको महालक्ष्मी मन्दिरमा गएर समापन भएको हाे । ललितपुरको महालक्ष्मी नगरपालिकाले नगरक्षेत्रको आर्थिक गतिविधि थप गतिशिल बनाई अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याउने उद्देश्यले फागुन ५ गते देखि ७ गतेसम्म महालक्ष्मी महोत्सव आयोजना गर्दैछ । 
प्रभातफेरीमा आफू बिनै उद्घाटन गरिएको विषयमा असन्तुष्ठि जनाएकी उपप्रमुख लक्ष्मी महर्जनले केही दिन अघि गरिएको पत्रकार सम्मेलनमा पनि आफूलाई मेयरले जबरजस्ती सहभागी गराएको गुनासो गरिन् । भनिन्,‘मलाई पत्रकार सम्मेलनमा पनि जबर्जस्ती सहभागी गराएर प्रेस विज्ञप्ति वाचन गर्न लगाइयो । त्यसमा पनि मेरो असहमति नै छ ।’

Laxmi-Maharjan--1707810027.jpg

उपप्रमुख लक्ष्मीको अर्काे पनि गुनासो छ, ‘सर्वदलीय बैठकमा पनि मेयर सावले त्यति चासो दिनु भएको छैन । यो विषय पत्रकार सम्मेलनमा पनि उठेको थियो ।’ उनले भनिन्, ‘महोत्सवलाई सफल पार्न मैले सर्वदलीय बैठक राखौं, सबै पक्षको सहमतिमा महोत्सवलाई घनिभूत रुपमा सफल पारौं, यो हाम्रो नगरपालिकाको लागि राम्रो नै हुन्छ भनिरहेको छु, तर मेयर सावले मेरो कुरा सुन्नु नै भएको छैन ।’
नगर उद्योग वाणिज्य संघ, विभिन्न संघ संस्था, घरेलु उद्योगसँग सम्बन्धित संघ संस्थाका प्रतिनिधिहरूसँग मेयर–उपमेयर सँगै बसेर छलफल गरौं, उहाँहरूले उत्पादन गरेका सामग्रीको प्रवध्र्दन तथा बजारीकरणमा महोत्सवले महत्वपूर्ण भूमिका खेल्छ भन्ने मेरो सुझावमा पनि मेयर सावले वास्ता गर्नु भएको छैन उपप्रमुख लक्ष्मीले भनिन् ।  

pravat---Copy-1707977043.jpg
 

प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  ११:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार