देशभरको मौसम सफा, दुई दिनसम्म पानी पर्ने सम्भावना छैन

सोमबार, माघ २९, २०८०

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसकारण अहिले देशका पहाडी क्षेत्रमा आंशिक बदली तथा बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  सोमबार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम लगायत देशका पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही बाँकी क्षेत्रमा भने मौसम सफा रहनेछ ।  कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा सोमबार पनि हल्का हिमपातको सम्भावना रहेको छ ।  महाशाखाका अनुसार मंगलबारसम्म देशभरि पानी पर्ने सम्भावना छैन । बुधबार भने देशका केही भू–भागमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद्हरुले जनाएका छन् ।
 

प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  ०७:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार