कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडमा हिमपातको सम्भावना 

शनिबार, माघ २७, २०८०

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभरको मौसम मुख्यतया सफा रहनेछ भने देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम केही बदली हुनेछ ।  हाल तराईका धेरै स्थानहरूमा हुस्सु÷कुहिरो लागेको महाशाखाले जनाएको छ । 
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । कोशी बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाले उल्लेख गरेको छ । 
शनिबार राती भने कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रकाशित मिति: शनिबार, माघ २७, २०८०  ०७:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार