तराईमा हुस्सु, कोशी र गण्डकीका उच्च पहाडमा हिमपातको सम्भावना

शुक्रबार, माघ २६, २०८०

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभरको मौसम मुख्यतया सफा रहनेछ भने देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा केही बदली हुनेछ । तराईका धेरै स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ । 
शुक्रबार दिउँसो पनि कोशी, बागमती, गण्डकी  र लुम्बिनी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । त्यस्तै कोशी  प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । 
बेलुका भने कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । गण्डकी र कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । 

प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०  ०७:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार