ललितपुर महानगरपालिका वडा नं. २९ मा पनि कर शिक्षा कार्यक्रम(भिडियो) 

बिहीबार, माघ २५, २०८०

हरिसिद्धि (ललितपुर) । ललितपुर महानगरपालिका वडा नं. २९ मा कर शिक्षा कार्यक्रम सम्पन्न भएको छ । महानगरको स्थानीय राजश्व परामर्श समितिद्धारा २९ नं. वडा कार्यालयको समन्वयमा आयोजित कर शिक्षा कार्यक्रम भब्य रुपमा सम्पन्न भएको हो । वडा नं २९ का वडाअध्यक्ष गणेशकुमार महर्जनको सभापतित्वमा आयोजित समापन कार्यक्रममा स्थानीय राजश्व परामर्श समितिका सदस्य एवम् महानगरको २४ नं. वडाका वडाअध्यक्ष दिनेशजंग पाण्डे प्रमुख अतिथिको भूमिकामा उपस्थित हुनु भएको थियो ।

Dinu-29-1707344648.jpg
समापन समारोह अघिको छलफलमा राजश्व प्रशासन महाशाखाका प्रमुख प्रेमबहादुर थापाले कर सम्बन्धी प्रस्तुति दिनु भएको थियो । राजश्व प्रशासन महाशाखाकी अधिकृत जानुका श्रेष्ठले सञ्चालन गरेको उक्त कार्यक्रममा वडाका जनप्रतिनिधि, महिला समूहका पदाधिकारी तथा प्रतिनिधि, टोल विकास समितिका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।  

sahavagi-29-1707344666.jpg
 

प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  ०४:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार