आज गण्डकी र कर्णाली प्रदेशमा हल्का हिमपातको सम्भावना 

बुधबार, माघ २४, २०८०

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभरको मौसम मुख्यतया सफा रहनेछ भने गण्डकी र कर्णाली प्रदेशका हल्का हिमपात हुने सम्भावना छ ।
महाशाखाका अनुसार हाल तराईका थोरै स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ । बाँकी भूभागको मौसम सफा रहेको छ । 
आज दिउँसो लुम्बिनी,सुदुरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ । 
बुधबार राती गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको छ । 

प्रकाशित मिति: बुधबार, माघ २४, २०८०  ०८:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार