मौसम पूर्वानुमान 

आज पानी पर्ने सम्भावना न्यून, पहाडी क्षेत्रमा हल्का हिमपातको सम्भावना 

मंगलबार, माघ २३, २०८०

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभरको मौसम मुख्यतया सफा रहनेछ ।  तराईका थोरै स्थानहरूमा हुस्सु र कुहिरो लागेको भएपनि पानी पर्ने सम्भावना भने छैन । उच्च पहाडी तथा हिमाली भेगमा भने आज पनि हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  आज कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ भने कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, माघ २३, २०८०  ०७:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार