महिलालाई आयआर्जनमा जोड्न ललितपुर महानगर २३ नं. वडामा सेयर तालिम (भिडियो)

सोमबार, माघ २२, २०८०

धापाखेल(ललितपुर) । बेरोजगारीको समस्या हल गर्ने उद्देश्यले स्थानीय सरकारहरूले युवा तथा महिला लक्षित कार्यक्रमहरू सञ्चालन गर्दै आएका छन् । सिप मूलक तालिम, आयआर्जनमा सघाउने तथा आयमूलक कार्यक्रममा सहभागी गराउने जस्ता कार्यक्रम स्थानीय सरकारबाट भइरहेको छन् । ललितपुुर महानगरपालिका २३ नं. ले पनि महिलालाई सीपमूलक तथा आयमूलक तालिम सञ्चालनका लागि १५ वटा महिला समूहलाई छनोट गरी आर्थिक सहयोग उपलव्ध गराउने निर्णय गरेको छ । 
‘वडा नं. २३  को आ.व २०८०/८१ को वडा स्तरीय बजेटबाट महिला, बालबालिका, तथा समाज कल्याृण उपक्षेत्रअन्तर्गत महिला समूहका लागि आत्मनिर्भरता अभिवृद्धि तालिमका लागि विनियोजित बजेटबाट वडा भरका महिला समूहलाई ३० हजारका दरले समूहकै माग बमोजिका सीपमूलक तथा आयमूलक तालिम सञ्चालन गर्न बजेट विनियोजन गर्ने वडा समितिको निर्णय भएअनुसार फागुन मसान्तसम्म कार्यक्रम सम्पन्न गर्ने गरी रकम माग गर्न सूचित गरिन्छ’ वडाको निर्णयमा भनिएको छ । 
वडा समितिको निर्णय अनुसार कर्मशील महिला समूहले महिलालाई लक्षित गरी सेयर बजारसम्बन्धी एक दिने आधारभूत तालिम कार्यक्रमको आयोजना गरेको हाे । महानगरपालिका २३ नं. वडाको आर्थिक सहयोगमा कर्मशील महिला समूहद्धारा वडा कार्यालयमा उक्त तालिम कार्यक्रम आयोजना गरिएको हो । सेयर सम्बन्धी अभिमुखीकरण कार्यक्रममा ३० जनाको सहभागिता रहेको थियो । 
कार्यक्रम युवा महिलाहरूलाई शेयर विश्लेषक अजयसिंह थापाले सेयरका बारमा जानकारी गराएका थिए ।
सेयर तालिम कार्यक्रमका प्रमुख अतिथि वडा नं २३ का वडाअध्यक्ष जीवन महजर्ननले युवा तथा महिलालाई स्वरोगजारमूलक कार्यक्रममा आवद्ध गराउन वडा कार्यालयले बजेट विनियोजना गर्ने गरेको जानकारी दिनुभयो । गत वर्षदेखि नयाँ तरिकाले नयाँ सोचका साथ युवा लक्षित कार्यक्रमका लागि बडाले बजेट विनियोजन गर्ने गरेको जानकारी दिँदै वडाअध्यक्ष महर्जनले भन्नुभयो,‘यस्ता कार्यक्रममा सहभागी भएर लाभ लिन म आह्वान गर्दछु ।’
‘महानगरपालिका, वडा कार्यालयले समुदायलाई लक्षित गरी धेरै कार्यक्रम गरिरहेका हुन्छ, तर कार्यक्रममा एउटै मानिसहरू दोहोरिने क्रम देखिएकाले वडाले प्रत्येक टोल टोलमा महिला समूह तथा युवालाई कार्यक्रम गर्न दिँदा एउटै मानिस दोहोरिने सम्भावना न्यून हुने ठानेर बजेट विनियोजन गरेका हौं’ उहाँले भन्नुभयो ।  सेयर सम्बन्धी तालिम लिएपछि घरमै बसेर आयआर्जनमा सहभागी हुन सकिने भएकाले यसको लाभ लिन उहाँले सहभागीलाई आह्वान गर्नुभयो । कार्यक्रममा सेयर विश्लेषक अजयसिंह थापाले शेयर बजारको सामान्य ज्ञानदेखि आइपीओ भर्ने तथा सेकेन्डरी मार्केटस्सहितका विषयमा सहभागीलाई अवगत गराउनु भएको थियो । 

प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  ०९:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार