ललितपुर महानगर २४ नं. वडामा स्वास्थ्य बीमा धमाधम(भिडियो)

बुधबार, माघ १७, २०८०

धापाखेल (ललितपुर) । ललितपुर महानगरपालिका २४ नं. वडामा स्वास्थ्य बीमा कार्यक्रम  धमाधम सुरु भएको छ । महानगरले आफ्नो १०५ औं स्थापना दिवसको अवसर पारेर स्वास्थ्य बीमा कार्यक्रम सुरुवात गरेको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अपाङ्गता भएका रवि श्रेष्ठ र अपेक्षा तिमल्सिनालाई कार्ड उपलब्ध गराएसँगै महानगरमा स्वास्थ्य बिमा कार्यक्रम सुरुवात भएको थियो । 
वडाले छनोट गरेका स्वास्थ्य बिमा दर्ता सहयोगीलाई बीमा बोर्डले अभिमुखीकरण तालिम दिएपछि महानगरका  २९ वटै वडामा बीमा दर्ता सुरु गरिएको छ । 
महानगरको २४ नं. वडाले स्वास्थ्य बिमा दर्ता सहयोगीकीका रुपमा श्रृष्टी कार्कीलाई छनोट गरेको छ । उनै दर्ता सहयोगीमार्फत अहिले घर घरमा पुगेर स्वास्थ्य बिमा भइरहेको छ । अहिलेसम्म वडा भित्रका २४ घर परिवारको स्वास्थ्य बिमा भइसकेको दर्ता सहयोगी कार्कीले शब्दपाटीलाई जानकारी दिइन् । २४ नं वडाका वडा अध्यक्ष दिनेशजंग पाण्डेले आफ्नो वडामा पनि केही दिन अघिदेखि स्वास्थ्य बिमा कार्यक्रम सुरु भइसकेको जानकारी दिँदै वण्डावासीलाई स्वास्थ्य बिमा गराएर सरकारले उपलव्ध गराएको सेवा उपयोग गर्न आह्वान गर्नु भएको छ । 
सरकारले ५ जनाको परिवारलाई बार्षिक ३ हजार ५०० रुपैयाँ बुझाएपछि स्वास्थ्य बीमामा दर्ता हुन पाउने व्यवस्था गरेको छ । पाँचजना सदस्यलाई एक परिवार मानेर बीमा सेवा सुरु गरिएको छ । पाँच जनाबाट थप हुने हरेक सदस्य बराबर ७०० रुपैयाँ थप्नुपर्छ ।

SHRISTI-KARKI--1706708704.jpg

स्वास्थ्य बीमामा सहभागी हुँदा लाग्ने रकम बीमा गर्ने परिवारले नै तिर्नुपर्छ । बीमा कार्यक्रममा स्थायी बासिन्दासँगै अस्थायी बासिन्दा पनि सहभागी हुन सक्छन् ।
बीमितका लागि प्राथमिक अस्पतालका रुपमा छयाबहालमा रहेको समाज कल्याण परिषद् भवनमा स्वास्थ्य प्रवर्द्धन केन्द्र सञ्चालनमा ल्याइएको छ । अहिले ओपिडी, ल्याब, फार्मेसी, एम्बुलेन्स लगायतको व्यवस्थापन गरिएको छ । केन्द्र १ फागुनदेखि पूर्ण रुपमा सञ्चालनमा आउनेछ ।

CHANOTE-1706708657.jpg

स्वास्थ्य केन्द्रमा प्रत्येक दिन एक जना विशेषज्ञ डाक्टर हुनेछन् । बार अनुसार फरक फरक रोगका विशेषज्ञ डाक्टर उपलब्ध हुनेछन् । बीमित सेवाग्राहीका लागि प्राथमिक उपचार सेवा स्वास्थ्य केन्द्रमा उपलब्ध हुन्छ । यहाँ उपचार हुन नसके आवश्यकता अनुसार रिफर गर्ने महानगरको योजना छ । 
स्वास्थ्य बीमा के–के पाइन्छ सुविधा ?
स्वास्थ्य बीमामा सहभागी हरेक परिवारले बर्षमा एक लाख रुपैयाँसम्म सरकारले तोकेको स्वास्थ्य उपचार सुविधा पाउँछ ।
५ जनाभन्दा बढी सदस्य भएमा प्रत्येक सदस्य थप हुँदा २० हजार सुविधा रकम थपिन्छ । र, बर्षमा अधिकतम २ लाख रुपैयाँसम्मको स्वास्थ्य उपचार सुविधा पाउने छ ।
यो कार्यक्रममा साना किसिमका शल्यक्रिया समावेश हुन्छ । एक्स–रे, ईसीजी, अल्ट्रासाउण्ड, एमआरआई, सिटी स्क्यान, रगतको जाँच, लगायत ल्याब सेवाहरु उपलब्ध हुन्छन् । स्वास्थ्य बीमा बोर्डले तोकेको सूचीकृत औषधि निःशुल्क प्राप्त गर्न सकिन्छ भने, क्याबिन बाहेकको बेडका लागि शुल्क लाग्दैन । 

प्रकाशित मिति: बुधबार, माघ १७, २०८०  १९:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार