सकियो ललितपुुर महानगर–१४ द्धारा आयोजित ढाका टोपी बनाउने तालिम (भिडियो)

सोमबार, माघ १५, २०८०

तिखिदेवर (ललितपुर) । ललितपुर महानगरपालिका वडा नं १४ कार्यालयको  आर्थिक वर्ष २०८०–२०८१ वडा स्तरीय बजेटबाट सञ्चालन गरिएको नेपाली ढाका टोपी बनाउने ७ दिने तालिम सम्पन्न भएको छ । वडा स्तरीय महिला संजाल वडा १४ कार्यालयको आयोजनमा महिला समूहहरुलाई ७ दिने एक सातादेखि सामुदायिक भवनमा उक्त तालिम कार्यक्रम आयोजना गरिएको हो ।  तालिममा वडा भित्र बसोबास गर्ने १४ जना महिला सहभागी भएका थिए । प्रशिक्षार्थीलाई नेपाली टोपी ढाका टोपी बनाउन प्रशिक्षक सुहाग जोशी तथा प्रतिमा शाक्यले सिकाउनु भएको हो ।  तालिम समापनका अवसरमा वडाअध्यक्ष अमृतजंग महतले तालिम लिएर उद्यमी बन्ने योजना बनाएका महिला दिदी बहिनीको उत्पादनको बजारीकरणका लागि वडा कार्यालयले पहल गर्ने आश्वसन दिनुभयो । वडाअध्यक्ष महतले भन्नुभयो,‘महिलालाई उद्यममा प्रोत्साहन गर्न उहाँहरूले उत्पादन गरेका सामग्री बिक्रीका लागि राजदल गणको पछाडि पट्टी रहेको सहकारी भवनमा शुक्रबार लाग्ने बजारमा सामग्री राख्न स्टल भाडा वडा कार्यालयले तिरिदिने योजना पनि बनाएको छ ।’ 

am-t--1706503413.jpg

सामुदायिक भवन तिखिदेवलमा सञ्चालन गरिएको उक्त तालिम कार्यक्रमका १४ जना महिला सहभागीले बनाएका ढाकाको टोपी तथा थैली समापन समारोहमा वडाअध्यक्ष अमृतजंग महतसहितका अतिथिलाई उपहार स्वरुप दिइएको थियो ।  वडाले उद्यमी महिलालाई लक्षित गरी १० लाख रुपैयाँ सिड मनिको व्यवस्था गरेको जनाउँदै उहाँले त्यो बजेट सदुपयोगका लागि टिम बनाएर कार्यक्रमसहित आउन आह्वान गर्नुभयो । 
कार्यक्रमकी सभापति एवम् वडास्तरीय महिला सञ्जालकी संयोजक सहनशीला कार्कीले महिला दिदी बहिनीहरूलाई आयमूलक काममा लगाउनका वडा कार्यालयले थप तालिमका कार्यक्रम ल्याउने बताउनुभयो ।  
कार्यक्रममा तालिमकी प्रशिक्षक सुहाग जोशीले आफूले उत्पादन गर्ने सामग्री कसरी राम्रो बनाउने भन्नेतर्फ सोच्न आह्वान गर्नुभयो ।  

am--1706503405.jpg
 

प्रकाशित मिति: सोमबार, माघ १५, २०८०  १०:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार