पूर्वाधार विकासमा फड्को मार्दै ललितपुर महानगर २३ नं. वडा (भिडियो)

गोरेटो बाटो विस्तार, ढल व्यवस्थापनसहितको ढलान तथा ब्लक विच्छ्याएर भित्रि बाटोहरू चिटिक्क  
शनिबार, माघ १३, २०८०

धापाखेल (ललितपुर) । ललितपुर महानगरपालिका २३ नं. वडाले चालु आर्थिक वर्षकाे बजेटबाट वडा भित्र पूर्वाधार विकासलाई तीब्रता दिएकाे छ । नगरस्तरी तथा वडा बजेटबाट वडाभित्र पूर्वाधार निर्माणका काम धमाधम भइरहेका छन् । ढल निकाससहित बाटो ढलान, गोरेटो बाटोलाई चौडा पार्ने तथा ढलान तथा ब्लक छाप्ने कार्य भइरहेका छन् । वडा कार्यालयले सुरु गरेकामध्ये कतिपय काम सम्पन्न भइ सकेका छन् भने कतिपय निर्माणधिन अवस्थमा छन् । यसै सन्दर्भमा  महानगरपालिका २३ नं. वडाको हात्तिवनस्थित गौरीगाउँबाट ऐरावत टोलतर्फ निस्कने गोरेटो बिस्तार कार्य भएको छ । 

ba-3-1706317033.jpg

वडाअध्यक्ष जीवन महर्जनको निर्देशन तथा अगुवाइमा साेही टोलकै वडासदस्य राजनमल्ल ठकुरीकाे समन्वयसहितकाे अगुवाईमा स्थानीय वडावासीको सहमतिमा ३ फिटे गोरेटो बाटोलाई १३ फिट कायम हुने गरी बाटो विस्तार गरिएको छ । बाटोको लम्बाई करिब ४०० मिटर रहेको छ । पहिला रहेको गोरेटोबाटो सोझाउने तथा पहिला राखिएको ढल पनि अहिले खुलेको बाटोमार्फत नै व्यवस्थापन गर्ने गरी काम भइरहेको छ । पहिला कायम रहेको गोरेटो बाटोलाई नयाँ खुलेको बाटोमा स्थानान्तरणका लागि हाल साविक गर्न वडा कार्यालयले सम्बन्धित निकायमा पत्राचार गर्ने वडासदस्य राजनमल्ल ठकुरीले जानकारी दिनुभयो । गोरेटो बाटो विस्तारसँगै ढलकाे काम पनि सँगै हुने उहाँले जानकारी दिनुभयो । यो बाटो विस्तारसँगै गौरीगाउँदेखि ऐरावत टोल निस्कन छोटो मार्ग भएकाे छ । 

ba-1-1706317029.jpg
ba-5-1706317040.jpg
Bato--1706317039.jpg
 

प्रकाशित मिति: शनिबार, माघ १३, २०८०  ०६:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार