Dashain Banner
Dashain Banner

पूर्वाधार विकासमा फड्को मार्दै ललितपुर महानगर २३ नं. वडा (भिडियो)

गोरेटो बाटो विस्तार, ढल व्यवस्थापनसहितको ढलान तथा ब्लक विच्छ्याएर भित्रि बाटोहरू चिटिक्क  
शनिबार, माघ १३, २०८०

धापाखेल (ललितपुर) । ललितपुर महानगरपालिका २३ नं. वडाले चालु आर्थिक वर्षकाे बजेटबाट वडा भित्र पूर्वाधार विकासलाई तीब्रता दिएकाे छ । नगरस्तरी तथा वडा बजेटबाट वडाभित्र पूर्वाधार निर्माणका काम धमाधम भइरहेका छन् । ढल निकाससहित बाटो ढलान, गोरेटो बाटोलाई चौडा पार्ने तथा ढलान तथा ब्लक छाप्ने कार्य भइरहेका छन् । वडा कार्यालयले सुरु गरेकामध्ये कतिपय काम सम्पन्न भइ सकेका छन् भने कतिपय निर्माणधिन अवस्थमा छन् । यसै सन्दर्भमा  महानगरपालिका २३ नं. वडाको हात्तिवनस्थित गौरीगाउँबाट ऐरावत टोलतर्फ निस्कने गोरेटो बिस्तार कार्य भएको छ । 

ba-3-1706317033.jpg

वडाअध्यक्ष जीवन महर्जनको निर्देशन तथा अगुवाइमा साेही टोलकै वडासदस्य राजनमल्ल ठकुरीकाे समन्वयसहितकाे अगुवाईमा स्थानीय वडावासीको सहमतिमा ३ फिटे गोरेटो बाटोलाई १३ फिट कायम हुने गरी बाटो विस्तार गरिएको छ । बाटोको लम्बाई करिब ४०० मिटर रहेको छ । पहिला रहेको गोरेटोबाटो सोझाउने तथा पहिला राखिएको ढल पनि अहिले खुलेको बाटोमार्फत नै व्यवस्थापन गर्ने गरी काम भइरहेको छ । पहिला कायम रहेको गोरेटो बाटोलाई नयाँ खुलेको बाटोमा स्थानान्तरणका लागि हाल साविक गर्न वडा कार्यालयले सम्बन्धित निकायमा पत्राचार गर्ने वडासदस्य राजनमल्ल ठकुरीले जानकारी दिनुभयो । गोरेटो बाटो विस्तारसँगै ढलकाे काम पनि सँगै हुने उहाँले जानकारी दिनुभयो । यो बाटो विस्तारसँगै गौरीगाउँदेखि ऐरावत टोल निस्कन छोटो मार्ग भएकाे छ । 

ba-1-1706317029.jpg
ba-5-1706317040.jpg
Bato--1706317039.jpg
 

प्रकाशित मिति: शनिबार, माघ १३, २०८०  ०६:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार