आजको मौसम पूर्वानुमान

साधारणतया सफा, उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपात

बुधबार, माघ १०, २०८०

काठमाडौं । बुधबार पनि देशभरको मौसम साधारणतया सफा रहनेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले नेपालमा  पश्चिमी वायुको आंशिक प्रभाव रहेका कारण पहाडी भूभागमा आंशिक बदलीय रही तराईका भूभागमा बाक्लो हुस्सु र कुहिरोले ढाकेको छ ।

दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा तथा देशका बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै, बेलुका पहाडी क्षेत्रमा केही बदली भएपनि साधारणतया देशभरको मौसम सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा भने हल्का हिमपात हुन सक्ने महाशाखाले जनाएको छ । तराईमा भने चिसोका कारण जनजीवन कष्टकर बनेको छ ।

हुस्सु र कुहिरोले यातायातका साधनहरु निर्बाधरुपले चल्न सकेका छैनन् भने सर्वसाधारणलाई दैनिकी चलाउन समेत हम्मे परेको छ । महाशाखाले चिसोबाट बच्न सतर्क रहन आग्रह गरेको छ ।

प्रकाशित मिति: बुधबार, माघ १०, २०८०  १०:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार