तराईमा बाक्लो हुस्सुले सकस, दुई प्रदेशमा हिमपातको सम्भावना

सोमबार, माघ ८, २०८०

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ । सोमबार सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  त्यस्तै, कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।  तराईका अधिकांश स्थानहरूमा बाक्लो हुस्सु र कुहिरो लागेको छ ।  निरन्तर हुस्सुका कारण जनजीवन प्रभावित भएको छ । मानिसहरूले घरबाहिर निस्किएर हिँडडुलसमेत गर्न सकिरहेका छैनन् । विद्यालयहरु धमाधम बन्द भइरहेका छन् भने यातायात समेत चल्न सक्ने अवस्था छैन । महाशाखाले चिसोबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रकाशित मिति: सोमबार, माघ ८, २०८०  ०७:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार