बाक्लो हुस्सुका कारण तराईको जनजीवन प्रभावित, उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना

आइतबार, माघ ७, २०८०

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । आइतबार देशका पहाडी भू–भागमा आंशिकदेखि साधारण बदली रही बाँकी भू–भागमा मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  तराईका जिल्लाहरुमा निरन्तर हुस्सुका कारण जनजीवन प्रभावित भएको छ भने उच्च पहाडी र हिमाली क्षेत्रमा पनि चिसोका कारण जनजीवन प्रभावित भएको छ । आइतबार कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
तराईका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरोको कहर निरन्तर रहने महाशाखाको अनुमान छ ।  केही सातायता निरन्तरको हुस्सु र कुहिरोका कारण तराईको जनजीवन प्रभावित हुँदै आएको छ । मानिसहरूले घरबाहिर निस्किएर हिँडडुलसमेत गर्न सकिरहेका छैनन् । जनजीवन अस्तव्यस्त बनिरहेको छ । महाशाखाले चिसोबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन आग्रह गरेको छ । 

प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  १०:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार