चन्द्रागिरि नगरले राख्यो नगर प्रहरी

शुक्रबार, माघ ५, २०८०

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिकाले पहिलो पटक नगर प्रहरी राखेको छ । नगर प्रमुख घनश्याम गिरीले सशस्त्र प्रहरी बलको सहयोगमा दरखास्त दिएकामध्ये २४ जनालाई छनोट गरेको जनकारी दिए । छनोट भएका नगर प्रहरीलाई सशस्त्रका डीआईजी र प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले बिहीबार दर्ज्यानी चिन्ह प्रदान गरे । नगरप्रमुख गिरीले नगर प्रहरी प्रमुखका लागि मागिएको पद बाहेक सबै पदपूर्ति भएको बताए । नगरले २५ जना नगर प्रहरी राख्ने गरी आवेदन मागेर सशस्त्र प्रहरी बल मार्फत शारीरिक, लिखित र मौखिक परीक्षा लिइएको थियो ।

chandagiri-pic-1705638172.jpg

उनले भने, ‘प्रहरी प्रमुखको परीक्षामा भने कोही पनि उत्तीर्ण हुन सकेन’ यसका लागि पुनः आवेदन खोलिने नगर प्रमुखले बताए । अहिले नगर प्रहरी सहायक निरीक्षक (असई) को कमाण्डमा टोली परिचालन हुने उनले बताए । राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा नगर प्रहरीहरुलाई २४ मंसिरदेखि तालिम दिन थालिएको थियो । तालिममा नगर प्रहरीहरुलाई अग्नि नियन्त्रण, आपतकालीन उद्धार, कार्यालय सुरक्षा, विशिष्ट व्यक्ति सुरक्षा, अतिथि सत्कार, ट्राफिक व्यवस्थापन, मानव अधिकार, ड्रिल, भूकम्प, हुल तथा दंगा व्यवस्थापन, अनआर्म कम्ब्याट, कानुन लगायतमा प्रशिक्षण दिइएको थियो । काठमाडौं महानगरपालिकाको समेत भ्रमण गराएको थियो । नगरप्रमुख घनश्याम गिरीले नगरपालिकाले नगर प्रहरीका लागि भ्यानको व्यवस्थापन गरिएको बताए । आगामी वर्ष मिनी ट्रक किनेर नगर प्रहरीलाई चुस्त पारिने उनले बताए ।

प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८०  १०:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार