चन्द्रागिरि नगरपालिकामा डिजिटल हस्ताक्षर प्रणालीसहितको घर नक्सा पास प्रणाली सुरु

बिहीबार, माघ ४, २०८०

काठमाडौं । चन्द्रागिरि नगरपालिकाले डिजिटल हस्ताक्षरको प्रयोग गरी नक्सा पास गर्ने प्रणाली (eBPS) को सुभारम्भ गरेको छ । चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरी तथा नगर उपप्रमुख बसन्ती श्रेष्ठले संयुक्त रुपमा डिजिटल हस्ताक्षरसहितको निर्माण सम्पन्न प्रमाणपत्र सम्बन्धित घरधनीलाई प्रदान गरी eBPS प्रणालीकाे सुभारम्भ गरेका हुन् ।

420175971_802563828578671_5987177694759455791_n-1705548091.jpg

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत, वडा नं १ देखि १५ नं वडाका वडा अध्यक्ष, नगर कार्यपालिका सदस्यहरु, नगर सभा सदस्यहरु, युएनडिपी प्रतिनिधि, विज्ञ प्रतिनिधि एवं प्रशिक्षक, शाखा प्रमुखहरु, नक्सा पाससँग सम्वन्धित कर्मचारीहरु, वडा सचिव, इन्नोभेटिभ सोलुसन प्रतिनिधि, संचारकर्मीहरुको उपस्थिति रहेको थियो । अब उप्रान्त चन्द्रागिरि नगरपालिकाले नक्सा पास सम्बन्धी सम्पूर्ण कार्य eBPS प्रणाली मार्फत हुनेछ । यसले नगरपालिका कार्यालय धाइरहनु नपर्ने, वारिसहरुको अन्त्य हुने, सूचिकृत इन्जिनियरहरु मार्फत अनलाईन प्रणालीमा नक्सा दर्ता गर्न सकिने र सम्पूर्ण प्रमाणपत्रहरु समेत घरमै प्राप्त गर्न सकिने छ ।

420152867_802563871912000_3420710450545563912_n-1705548112.jpg

eBPS प्रणाली मार्फत आफ्नो नक्सा प्रक्रिया कार्यान्वयनको स्थिति, कुनै त्रुटी भए प्रणाली मार्फत नै त्रुटी सच्चाई पेश गर्ने जानकारी, प्रक्रियागत रुपमा पूर्ण भए राजश्व तिर्न आउने जानकारी, स्वीकृत भए पश्चातको जानकारी सेवाग्राहीले घरमै वसी एस.एम.एस मार्फत समेत जानकारी प्राप्त गर्न सक्नेछन् । प्रमाणपत्र समेत घरमै इमेल मार्फत प्राप्त गर्न सकिनेछ । उक्त कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले कार्यक्रमका बारेमा संक्षिप्त जानकारी गराएका थिए । eBPS प्रणाली एवं सो सम्वन्धी हालसम्म टिमले गरेका कामको प्रगति सम्वन्धमा ई.भिष्म भण्डारी र eBPS सम्वन्धी विज्ञ एवं प्रशिक्षक, सहजकर्ता ई.सुरज ओझाले eBPS प्रणाली र यस कार्यालयमा टिम गठन पश्चात गरेका कार्यको बारेमा प्रस्तुतीकरण दिएका थिए ।

420243619_802563758578678_6795197402280327234_n-1705548142.jpg

 

उक्त कार्यक्रममा UNDP का प्रतिनिधि वर्षा चित्रकार, पूर्वाधार समितिका संयोजक राजेन्द्र महर्जन, नगर प्रवक्ता कृष्ण प्रसाद खड्गी तथा नगर उप प्रमुख बसन्ती श्रेष्ठले शुभकामना मत्यव्य व्यक्त गरेका थिए । नगर प्रमुख घनश्याम गिरिले चन्द्रागिरि नगरपालिकाबाट आगामी दिनमा हुने सम्पूर्ण नक्साहरुलाई डिजिटल हस्ताक्षर सहितको घर नक्सा पास गर्ने प्रणाली भद्यएक् बाट नक्सा पास हुने जानकारी दिँदै सुभारम्भ भएकोमा खुसी व्यक्त गरेका थिए ।

420153306_802563991911988_2158474673906841011_n-1705548171.jpg

 

chan-6-1705548785.jpg

chandra-1705550313.jpg

May be an image of 2 people, dais and text

May be an image of 1 person and studying

प्रकाशित मिति: बिहीबार, माघ ४, २०८०  ०९:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार