दीर्घरोगी ज्येष्ठ नागरिकलाई ललितपुर महानगर–२७ ले वितरण गर्‍यो निःशुल्क औषधि 

बिहीबार, माघ ४, २०८०

ललितपुर । ललितपुर महानगरपालिका वडा नं २७ ले आफ्नो वडा भित्र बसोबास गर्ने ६५ वर्ष माथिका दीर्घरोगबाट पीडित ज्येष्ठ नागरिकलाई निःशुल्क औषधि वितरण गरेको छ । 
आफूले खाने औषधिको प्रेसक्रिप्सनसहित निवेदन दिएका ज्येष्ठ वडावसीलाई हिजोदेखि निःशुल्क औषधि वितरण थालिएको हो ।  ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई प्रेसक्रिप्सनका आधारमा उहाँहरूले खाँदै आएको औषधि निःशुल्क वितरण गरिएको वडाअध्यक्ष कृष्णहरि महर्जनले जानकारी दिनुभयो । 

c96401aa-cbd7-4f61-96a6-6617ca1a5fb7-1705539927.jpg
दम, सुगर, थाइरोइड, रक्तचापका बिरामीलाई वडा कार्यालयले अघिल्लो वर्ष देखि नै निःशुल्क औषधि वितरण थालेको हो । औषधि वितरणका क्रममा सुनाकोठी स्वास्थ्य चौकीले ज्येष्ठ नागरिकको प्रेसर जाँच पनि गरेको थियो । 

8c5a5245-92ba-4524-a4d6-dc20b18363a5-1705539930.jpg

9c058300-6006-44fc-80d7-630c9a33db7e-1705539930.jpg

प्रकाशित मिति: बिहीबार, माघ ४, २०८०  ०६:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार