कामपाले अघि बढाउँदैछ १० गौरवका योजना

मंगलबार, माघ २, २०८०

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले तीन वर्षको कार्यकालसम्म पूरा गर्ने प्रतिबद्धताका साथ १० वटा गौरवका योजनाहरु अघि सारेको बताएकी छन् । महानगरपालिकाको ‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ कार्यक्रमको उद्घाटनका अवसरमा मंगलबार उनले यी योजना रोजगारी बढाउने रहेको बताइन । उनका अनुसार यी योजनाका लागि १० करोडको बजेट विनियोजन गरिएको छ । 
उनले भनिन्, ‘हाम्रो बाँकी तीन वर्षको कार्यकालसम्म हामीले पूरा गर्ने प्रतिबद्धताका साथ १० वटा गौरवका योजनाहरु अघि सारेका छौं । ती योजनाहरुले पनि तीन वर्षमा एउटा ठोस परिणाम दिने छ भन्ने हामीले अपेक्षा गरेका छांै । यस पटकको बजेटमा भने यो कार्यक्रमलाई अघि सार्नका लागि १० करोड विनियोजन गरेका छौं ।’ 

Photo-(8)-(4)-1705406180.jpg
उनले गौरवको योजनाहरु रोजगारीसँग नै जोडिएको भन्दै ‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ भन्ने नाराको साथमा कार्यक्रमलाई अगाडि बढाएको बताइन् । 
बजेट विनियोजनसँगै कम्तिमा महानगरबासी र निश्चित क्षेत्रका एक हजार जनालाई रोजगारी दिन सक्ने क्षमता राख्नुपर्छ भन्ने लक्ष्य लिएको पनि उनको भनाइ छ । 
उनले भनिन्, ‘बजेट विनियोजनसँगै हामीले एउटा लक्ष्य पनि लिएका छौं, कम्तिमा पनि हामीले हजार जनालाई महानगरबासीलाई र निश्चित क्षेत्रका मानिसलाई रोजगारी दिन सक्ने क्षमता राख्नु पर्छ भनेर लक्ष्य लिएका छौं । सोही क्रममा हामीले विविध क्षेत्रहरुमा रोजगारीका कामहरु अघि बढाउदै छौं ।’  उनले आजको कार्यक्रमको लक्ष्य पनि कम्तिमा ४ हजार जनाले तालिम र रोजगारीको अवसर पाउनुपर्ने रहेको बताइन् ।

प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  १७:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार