नसर्ने रागे सम्बन्धमा स्वास्थ्य मन्त्रालयको कार्यदिशाबारे संसदीय समितिमा छलफल

मंगलबार, माघ २, २०८०

काठमाडौं । नसर्ने रोग सम्बन्धमा मन्त्रालयबाट भएको निरोधात्मक तथा उपचारात्मक व्यवस्था, समस्या, चुनौती र आगामी कार्यदिशा सम्बन्धमा राष्ट्रिय सरोकार समितिमा छलफल भएको छ । 
मंगलबार सिंहदरबारमा बसेको राष्ट्रिय सभा अन्तरर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा यसबारे छलफल गरिएको हो ।
बैठकमा समिति सभापति दिलकुमारी रावलले स्वास्थ्य बिमालाई विस्तार गर्नुको विकल्प नरहेको बताइन् । उनले स्वास्थ्य बिमालाई केही प्रावधानहरु सुधार गरेर स्वास्थ्य बिमालाई प्रभावकारी बनाउने हिसाबले अगाडि बढाउनु पर्ने धारणा राखिन् ।  उनले भनिन्, ‘हाम्रो जस्तो देशको लागि स्वास्थ्य बिमा एकदमै राम्रो हो तर स्वास्थ्य बिमामा उत्साहित भएर नागरिकहरु सहभागी हुँदैनन् । बिमाबापत दिने सेवा खस्कँदो छ । त्यसको नवीकरणको समस्या पनि देखिएको छ । स्वास्थ्य बिमालाई हामीले विस्तार गर्नैपर्छ । कुनै विकल्प छैन ।’
बैठकमा स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले सरकारी अस्पतालमा निश्चित औषधिबाहेक अरु सिफारिस गर्न नपाउने बनाएको बताए ।
उनले भने, ‘कहिलेकाँहि आर्थिक स्वार्थ र व्यक्तिगत स्वार्थले गर्दा औषधिहरु धेरैथरी लेख्ने कारणले गर्दा समस्या हुने गरेको छ । सरकरी अस्पतालमा अहिले हामीले कमिटीबनाएर निश्चितबाहेक लेख्न नपाउने भनेर नीतिगत रुपमा पास गरिसकेका छौं । कतिपय अस्पतालमा त्यो लागू हुँदैछ ।’ केन्द्रीय अस्पतालको दरबन्दी १५ हजारदेखि १६ हजार तुरुन्तै चाहिने अवस्था रहेको उनले बताए ।

प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  १६:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार