मौसम पूर्वानुमान

आज पहाडी भेगमा वर्षा र हिमाली भेगमा हिमपातको सम्भावना

मंगलबार, माघ २, २०८०

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बंगलादेशको दक्षिण भूभाग आसपास रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ । जसका कारण मंगलबार विहान देशका पहाडी भूभागहरूमा आंशिक बदली हुनेछ भने तराईका अधिकांश स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ ।  महाशाखाका अनुसार आज कोशी, गण्डकी र कर्णाली  प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हिमपातको सम्भावना रहेको छ । पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । देशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना मौसम पूर्वामान महाशाखाले जनाएको छ । 
 

प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  ०६:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार