राष्ट्रिय महिला भलिबलको उपाधि एपीएफलाई 

सोमबार, पुस १६, २०८०

हेटौंडा ।  राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) ले जितेको छ ।  खेलकुद तथा व्यापार महोत्सवअन्तर्गत आयोजना भएको फाइनल खेलमा सोमबार चन्द्रागिरी न्यू डायमण्ड क्लबलाई ३–१ सेटले हराउँदै एपीएफले उपाधि जितेको हो । उपाधि हात पारेसँगै एपीएफले २ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको न्यु डायमण्डले १ लाख रुपैयाँमा चित्त बुझायो । 
विजेता र उपविजेतालाई हेटौँडा उपमहानगरपालिका प्रमुख मीनाकुमारी लामाले ट्रफी प्रदान गरिन । 
प्रतियोगितामा तीन विभागीय टोलीसहित ५ टिमको सहभागिता थियो । मकवानपुर जिल्ला भलिबल संघ र केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठानको संयुक्त आयोजना तथा हेटौंडा उपमहानगरपालिकाको सहयोगमा राष्ट्रिय महिला भलिबल प्रतियोगिता सञ्चालन गरिएको हो । 
 

प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  २०:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार