ब्याटिंगको क्रममा लोकेश बम घाइते

आइतबार, वैशाख १६, २०८१

काठमाडौँ । नेपालका ब्याट्सम्यान लोकेस बम ब्याटिंगका क्रममा घाइते भएका छन् । वेस्ट इन्डिजले दिएको १६१ रनको लक्ष्य पछाएको नेपालका ब्याट्सम्यान लोकेस बम ब्याटिंगको क्रममा घाइते भएपछि रिटायर्ड हर्ट भएका छन् । उनी १७ रन बनाएर खेलिरहेका थिए । त्यसैगरी नेपालका अर्का ब्याट्सम्यान कुशल भुर्तेल र अनिल शाह पनि आउट भएका छन् । कुशलले २ र अनिल एक रन बनाएर आउट भएका हुन् । यो समाचार तयार गरुन्जेल नेपालले ४.४ ओभरमा २ विकेट गुमाएर २३ रन बनाएको छ ।
 

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १४:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार