पूर्वप्रधानमन्त्री शेरबहादुरले दिए नगरप्रमुख गजेन्द्रलाई दिए धन्यवाद र बधाई  

गोदावरीमा खुला मेयर कप फुटबल प्रतियोगिता सुरु
आइतबार, वैशाख १६, २०८१

ललितपुर । गोदावरी नगरपालिकाले आयोजना गरेको प्रथम उपत्यकाव्यापी अन्तर नगरपालिका खुला मेयर कप फुटबल प्रतियोगिता सुरु भएको छ । नगरपालिकाको वडा नं।१० टाखेल झ्यालुण्टार बहुउद्देश्यीय रङ्गशालामा आयोजना गरिएको उक्त प्रतियोगिताको पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवाले उद्घाटन गरे । नगरपालिकाभित्रै बहुउद्देश्यीय खेल मैदान निर्माण गरी प्रतियोगिता आयोजना गरेकोमा नगर प्रमुखलाई पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बधाई तथा धन्यवाद दिए । 
खेल क्षेत्रको विकासका लागि स्थानीय पालिकाहरुमा सुविधा सम्पन्न खेलमैदान हुनु आवश्यक भएको बताए । यो खेल मैदानलाई थप व्यवस्थित बनाउन प्रदेश र संघ सरकारको सहयोग अपरिहार्य भएको उनको भनाई थियो । 
गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले गोदावरीमा बनेको खेलमैदानले उपत्यकामा अभाव भएको खेलमैदानलाई पूर्ति गर्ने बताए । खेलमैदानलाई व्यवस्थित बनाउन संघ र प्रदेश सरकारको सहयोग अपरिहार्य भएको प्रष्ट पारे । उनले भने,‘ हामीले यो अवस्थासम्म ल्यायौँ, यस्तो ठाउँमा कसरी रंगशाला बन्छ र भन्ने संचय सबैमा थियो,थप व्यवस्थित बनाउन संंघ, प्रदेशको सहयोग अपरिहार्य छ । ’ 
संविधानसभा सदस्य मदन बहादुर अमात्यले खेलले व्यक्तिलाई अनुशासनमा राख्ने बताए । सबै क्षेत्रमा अनुशासनको कमी भइरहेको अवस्थामा यो खेलमार्फत अनुशासित व्यक्ति उत्पादन सकिने औंल्याए । नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले युवालाई लक्षित गरेर विभिन्न खेल प्रतियोगिता गरेकोमा धन्यवाद दिए । उनले भने, युवाहरु गलत बाटो नहिँडुन् भनर नगरपालिकाले कहिले गणेशमान सिंहको नाममा किक बक्सिङ,त कहिले किशुनजीका नाममा कहिले कराँते, कहिले १४ वटा नगरपालिकालाई जुटाएर उपत्यकास्तरीय मेयर कप खेल गरिरहेको छ । युवाहरूलाई खेलसँग जोडेर केही कुरा, उत्साह युवाहरूलाई जोडेर भरोसा जोगाउँदै हिँड्ने मेयरलाई म यो कार्यक्रम गर्नुभएकोमा हृदयदेखि विशेष धन्यावाद दिन चाहन्छु ।’
उपप्रमुख मुना अधिकारीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्न यो प्रतियोगिता महत्वपूणर् भएको बताइन् । स्थानीय तहको बजेटले मात्रै यो खेलमैदानलाई व्यवस्थित बनाउन अपुग हुने बताउँदै संघ, प्रदेशको सहयोग अपरिहार्य भएको बताइन् । विदेश बागमती प्रदेश सभासद मिनकृष्ण महर्जनले सबै मिलेर यो खेलमैदानलाई व्यवस्थित बनाउनुपर्ने प्रष्ट पारे । बागमती प्रदेश सभासद मधुसुदन पौडेलले खेलमैदानलाई व्यवस्थित बनाउन प्रदेश सरकारले सहयोग गर्ने बताए । सबै मिलेर खेलमैदानलाई व्यवस्थित बनाउनुपर्ने स्पष्ट पारे । उनले भने, ‘यो खेलमैदान गोदावरीको गहना हो, सबै मिलेर व्यवस्थित बनाआँै ।’ प्रतियागिता वैशाख २९ गतेसम्म चल्नेछ ।
प्रतियोगिताका विजेता र उपविजेता टोलीले क्रमशः रु पाँच लाख, रु तीन लाखसहित ट्रफी र मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । साथै सार्वधिक गोलकर्तालाई रु २५ हजार, अनुशासित टोलीलाई रु ५० हजार, ‘प्लेयर अफ दी म्याच’लाई रु रु ५० हजारका साथै उत्कृष्ट खेलाडी, किपर, डिफेन्स, फरवार्ड र प्रशिक्षकलाई रु २५ नगद पुरस्कार प्रदान गरिने नगरपालिकाले जनाएको छ । 
प्रतियोगितामा काठमाडौँको नौ स्थानीय तहका नौ, ललितपुरको चार स्थानीय तहका पाँच र भक्तपुरको एक स्थानीय तहबाट एक टोलीको सहभागिता छ ।Godavri---mayor-football-1-1714317424.jpg
 

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  २१:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार