इंग्लिस प्रिमियर लिग : फुलह्यामसँग आर्सनल पराजित

सोमबार, पुस १६, २०८०

काठमाडौं । इंग्लिस प्रिमियर लिगको सन् २०२३ को अन्तिम खेलमा शीर्ष स्थानमा पुग्ने लक्ष्यका साथ मैदान उत्रिएको आर्सनल फुलह्यामसँग पराजित भएको छ ।  आइतबार राति सम्पन्न खेलमा सुरुआती अग्रता लिएको आर्सनलले अन्तिममा १–२ को नतिजा सुम्पिन वाध्य भएको हो ।  यो हारसँगै आर्सनले ४० अंकका साथ चौथो स्थानमा रहँदा जित निकालेको फुलह्याम १३ औं स्थानमा उक्लिएको छ । फुलह्यामविरुद्ध आर्सनलले सुरुआती अग्रता भने लिएको थियो । आर्सनललाई अग्रता बकायो साकाले दिलाएका थिए । उनले पाँचौं मिनेटमा गोल गर्दै अग्रता दिलाएका हुन् ।

तर, २९ औं मिनेटमा राउल एलेन्सो गिमिनेजले गोल गर्दै फुलह्यामलाई खेलमा बराबरी गराए । उनले टम केरिनीको पासमा गोल गरेका थिए । यस्तै, बोबी रेइडले ५९ औं मिनेटमा गोल गर्दै फुलह्यामलाई २–१ ले जित दिलाए ।  प्रिमियर लिगमा लिभरपुल ४२ अंकका साथ तालिकाको शीर्ष स्थानमा रहँदा एस्टन भिल्ला समान अंकका साथ दोस्रो स्थानमा रहेको छ । म्यानचेस्टर सिटी र आर्सनलको समान ४०–४० अंक भए पनि गोल अन्तरमा सिटी तेस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  ०८:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार