मधेश प्रदेशले कर्णालीलाई हरायो

आइतबार, पुस १५, २०८०

काठमाडौं  प्रधानमन्त्री कप टी २० महिला क्रिकेटको समूह चरणअन्तिम खेलमा मधेश प्रदेश विजयी भएको   मधेश प्रदेशले कर्णाली प्रदेशलाई ७८ रनले पराजित गरेको हो  । १०० रनको लक्ष्य पछ्याएको कर्णाली प्रदेश . ओभरमा २१ रनमा अलआउट भएको थियो 

कर्णालीलाई रोक्ने क्रममा मधेश प्रदेशकी कविता कुँवरले  विकेट लिइन्  । यसैगरी सरस्वती कुमारीले  विकेट लिँदा आरती महतोले  तथा कविता गौतमले  विकेट लिए  

कर्णालीका लागि बिना थापाले सर्वाधिक १२ रनको नटआउट पारि खेल्दा कप्तान किरण कुँवरले  रन बनाइन्   खेलाडीले खाता खोल्न सकेनन् भने त्यसमा  जना खेलाडी गोल्डेन डकआउट भए  

गोल्डेन डकआउट हुने खेलाडीहरुमा तिर्सना विश्वकर्मा, विमला बुढाथोकी, रश्मि खड्का, श्रुती बुढा  निलम शाही रहेका छन्  यस्तै नीतिका धमला, करिश्मा शाही, अञ्जु गुरुङ, गौरी बोहोराले केही बल फेस गरे पनि खाता खोल्न असफल रहे 

पहिला ब्याटिङ गर्दा मधेश प्रदेशका लागि पुजा महतोले ४९ रनको पारि खेलिन्  यसैगरी सरस्वती कुमारीले १८ रन बनाउँदा अरुले दोहोरो अंकमा रन बनाएनन्  कर्णालीका लागि तिर्सना विश्वकर्माले  विकेट लिँदा अञ्जु गुरुङ  बिना थापाले एक एक विकेट लिए 

प्रकाशित मिति: आइतबार, पुस १५, २०८०  ०८:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार