नेपाल आर्मी प्रो क्लब च्याम्पियनको तेस्रो स्थानमा

आइतबार, पुस १५, २०८०

वीरगञ्ज । नेपाल प्रो क्लब च्याम्पियनसिपमा नेपाल आर्मी तेस्रो भएको छ । वीरगञ्जको नारायणी क्रिकेट रंगशालामा आज भएको तेस्रो स्थानको भिडन्तमा आर्मीले भारतीय क्लब वान्डरस नोएडालाई ६ विकेटले पराजित गरेको हो ।
खराब मौसमका कारण ७ ओभरमा झारिएको खेलमा नोएडाले पहिला ब्याटिङ गर्दै ३ विकेट गुमाएर ७४ रन बनाएको थियो । ७५ रनको लक्ष्य आर्मीले ४ विकेट गुमाएर ६।३ ओभरमा लक्ष्य पूरा गर्यो ।
नोएडाका लागि सिद्धार्थ गोश्वामीले २० बलमा ३४ रन बनाए । उनले ३ छक्का र २ चौका प्रहार गरेका थिए । यसैगरी हर्सित सेठ्ठीले १० बलमा २५ रनको नटआउट पारि खेल्दा २ छक्का र १ चौका प्रहा गरे । तरुण विष्टले १३ रन बनाउँदा १ छक्का र १ चौका प्रहार गरे । आर्मीका सहाव आलमले सबै तीन विकेट आफ्नो नाममा पारे ।
७५ रनको जवाफी लक्ष्यसहित मैदान उत्रिएको आर्मीको सुरुआत भने राम्रो भएन । आर्मीका सन्तोष कार्की ६ रन बनाएर आउट भएका थिए । कप्तान विनोद भण्डारी पनि ८ बलमा १७ रनको पारि खेल्दै आउट हुँदा आर्मीले २९ रनको स्कोरमा दोस्रो विकेट गुमाउन पुग्यो । तेस्रो विकेटको रुपमा रोहित पौडेल ४ रनमात्रै बनाएर आउट हुँदा आर्मीले ३।४ ओभरमा ३३ रन जोड्दा तेस्रो विकेट गुमाएको थियो । 
त्यसपछि सन्दीप रजाली र विवेक यादव मिलेर आर्मीलाई अघि बढाए । चौथो विकेटको रुपमा विवेक यादव आउट भएका थिए । उनले ८ बलमा १७ रनको पारि खेल्दा १ छक्का र १ चौका प्रहार गरे । सन्दीप रजालीले १० बलमा २ छक्काको मद्दतमा २३ रनको नटआउट पारि खेले ।  यस्तै, भीम सार्कीले ३ बलमा ३ रन बनाए । नोएडाका ऋतिक भाटले २ तथा प्रशान्त गुज्जर, अल्पित गुप्ताले समान एक ÷एक विकेट लिए ।
पहिलो सेमिफाइनलमा आर्मी पर्सा ११ सँग पराजित भएको थियो भने नोएडा पुलिससँग पराजित भएपछि तेस्रो स्थानको भिडन्तमा उत्रिएका थिए । 

प्रकाशित मिति: आइतबार, पुस १५, २०८०  ०८:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार