शनिबार थपिए ८९९ कोरोना भाइरस संक्रमित

१५ जनाको मृत्यु
शनिबार, मंसिर २७, २०७७

काठमाडौं । नेपालमा थप ८९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कुल ५,२४२ नमुनाको परीक्षण गर्दा त्यति संख्यामा संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा हालसम्म पुष्टि भएका कोरोनाभाइरस संक्रमितको कुल संख्या २ लाख ४७ हजार ५९३ पुगेको छ । गत २४ घण्टाको अवधिमा नेपालमा १५ जनाको कोभिड–१९ सँग सम्बन्धित कारणले मृत्यु भएको छ । अहिलेसम्म देशभरि १ हजार ६८९ जना संक्रमितको मृत्यु भएको छ । 
कति जना निको भए?
मन्त्रालयद्वारा प्रकाशित विवरण अनुसार विगत २४ घण्टाको अवधिमा थप १ हजार ३५९ जना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म कुल २ लाख ३४ हजार २३१ जना संक्रमित निको भएको मन्त्रालयको तथ्यांक छ । स्वास्थ्य मन्त्रालयको विवरण अनुसार हाल देशभर ५१९ जना क्वारन्टिनमा रहेका छन् भने ११ हजार ६७३ आइसोलेशनमा बसिरहेका छन् । गत कात्तिक ५ गते अहिलेसम्मकै सर्वाधिक ५ हजार ७४३ जना संक्रमित फेला परेका थिए ।
 

प्रकाशित मिति: शनिबार, मंसिर २७, २०७७  १७:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार