मुटुको प्रसाद

मैले पनि डा.रावतलाई भनेँ, ‘सियू सुन डा.रावत’ 
बुधबार, मंसिर २७, २०८०

त्यो अप्रत्यासित भेट । त्यो भेटको प्रभाव र सम्झना । दिनहरू जति थपिदैं जान्छन् त्यति नै सम्झना अमिट र गाढा भएको अनुभव भइरहेको छ । कुरा हो, नोभेम्बर ६ २०२३ को । त्यो भेट भारतको इन्दौर सहरको मेदान्त अस्पतालमा भएको भेट हो । मुटुरोग विशेषज्ञ  डा. डा. भारत रावतसँगको भेटलाई म जतिपटक सम्झन्छु, त्यति पटक नै कवि लेखनाथ पौड्यालको नैतिक दृष्तान्त कविताको त्यो हरफ मानसपटलमा आउँछ । मैले सम्झने कविताको त्यो हरफ हो, ‘फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र ।’ 

भारत सरकारको निमन्त्रणामा ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनको नेतृत्वमा भारतको पाँचवटा सहरहरूको असल अभ्यास अध्ययन र अवलोकन गर्न नोभेम्बर १ मा एक टोली भारत गएको थियो । त्यो टोलीमा म पनि थिएँ । इन्दौर भारतकै सफा सहर हो  । त्यहाँको फोहोर व्यवस्थापन देखेर छक्क पर्‍यौं । फोहोर प्रशोधन केन्द्रको अवलोकनपछि एक्कै छिन थकाई मार्न बसेका थियौं । बसेको एक्कैछिनमा शैलेश सर (उहाँलाई पवन भनेर पनि चिनिन्छ) ले हाम्रो टोलीको एक सदस्य दिलेन्द्र सरलाई (दिलेन्द्र श्रेष्ठ, महानगर प्रमुखको पर्यटन सल्लाहकार) सँग डा.  डा. भारत रावतको कुरा गर्नुभयो । र, डा. रावतलाई फोन गर्नुभयो । शैलेश सर र डा. रावतबीच भएको संवाद शैली सुन्दा लाग्थ्यो, उहाँहरूबीचको चिनचान धेरै पुरा हो । फोनमै शैलेश सरले डाक्टर रावतलाई भेट्न आउने कुरा बताउनुभयो । संवादको शैलीले फेरि मलाई के भन्यो भने, डा.रावत पनि ललितपुर महानगर प्रमुखलाई भेट्न चाहनु हुन्छ । मेदान्त अस्पताल पुग्दा, अस्पतालबाहिर धेरै बिरामी आफ्ना समस्या सुनाउन र डाक्टरको सल्लाह लिन आतुर भएर बसिरहेका थिए । मुटु रोगका बिरामीहरूको भीडलाई छिचोल्दै हामी डा.रावतको कोठामा पुग्यौं । कति सौहार्दपूर्ण आतित्थयता । कति साधारण प्रस्तुति । धेरैपछि नेपालीसँग भेटघाटको मौका पाएको बताउँदै हुनुहुन्थ्यो उहाँ । १८ वर्ष नेपाल बसेर बिरामी मुटुको उपचार गर्नुभएको उहाँले सुनाउनुभयो । त्यो १८ वर्षले उहाँलाई नेपाल र नेपालीसँग नजिक हुन निकै सहयोग गरेको रहेछ । पत्रकारिताका गुरु रामकृष्ण रेग्मीले पढाउँदा भन्नुहुन्थ्यो, पत्रकारमा अब्जर्बेशन कप्यासिटी हुनुपर्छ । मैले पनि आफ्नो यो क्षमताको उच्चतम प्रयोग गरेँ । कोठाको भित्तामा ठड्याएको दराजमा नेपालको पहिचान जनाउने धेरैथरी उपहार थिए । धरहरा, पशुपतिनाथ, नेपालको झण्डा यस्तै यस्तै । नेपाल र नेपालीको सम्झनालाई ती उपहारले केही हदसम्म मथ्थर बनाउने रहेछन शायद, उहाँले गर्नुभएको कुरा सुन्दा त्यस्तै भान हुन्थ्यो । निकै खुलेर कुरा गरेका डा. रावतसँग नगर प्रमुख महर्जनले हामी सबैको परिचय गराइदिनुभयो । ठूला मान्छेले सानाहरूको परिचयलाई त्यत्ति ध्यान दिएर सुनेको मैले बिरलै देखेकी छु । बिरलै देखेका ती क्षणमध्येको त्यो एक थियो । कुरा गर्ने शैली, विषयलाई बुझाउने तरिका मलाई चिरीबाबु महर्जन र डा. रावतको मिल्दोजल्दो लाग्यो । ध्यान दिएर कुरा सुन्नु अरुको विचार र मतको सम्मान गर्नु, अरुले गरेको कुरालाई महत्व दिनु डा.रावतको शैली रहेछ । त्यसबाट म प्रभावित भएँ । 

WhatsApp Image 2023-12-12 at 20.50.361702472603.jpeg
नगरप्रमुखले भारत भ्रमणको कारण छोटकरीमा बेलिबिस्तार लगाउनु भएपछि डा.रावतले ललितपुर सफा सहर भएको स्मरण गर्नुभयो । हामी पनि के कम थियौं, र थपिहाल्यौं उज्यालो सहर, स्मार्ट सहर ...... यस्तै यस्तै । हामी सबैजना बाहिर डा. रावतलाई कुरेर बसेका बिरामीप्रति संवेदनशील थियौं । डा.रावतलाई हाम्रो र हाम्रो भेटघाटको सम्झना भइरहोस् भनेर नै हो चिरीबाबु मेयरले बुद्धको मूर्ति छापिएको सजावट सामग्री उहाँलाई उपहार दिनुभयो । हामी संवादलाई टुङ्ग्याउन आतुर थियौं  । गुडबाई भन्नै लाग्दा उहाँले बन्द शिशिभित्रको धुलोे चिम्टाले झिक्नु भयो र सबैको हातमा हाली दिनुभयो । त्यतिबेला सबैको मुखबाट निस्केको एउटै वाक्य थियो, यो के हो ? मुुटुको ..... । मैले फ्याट्टै भनेँ, मुटुको प्रसाद । त्यो आलशको धुलो रहेछ । आलशमा हुने ओमेगा नामको भिटामिनले मुटुलाई बलियो बनाउन मद्दत गर्छ भन्ने कुरा मैले कहीँकतै पढेकी थिएँ । मुटुको प्रसाद भन्ने बित्तिकै फेरि त्यो कोठामा हाँसोको फोहोरा छुट्यो । बिदाइका लागि छुट्टिँदै गर्दा  भोलिपल्ट बिहानको खानासँगै खाने बाचा हामीले ग¥यौं । कोठाबाट निस्कँदै गर्दै मैले डा.रावतसँग अनुमति लिएर टाँगिएका केही तस्बिरहरू आफ्नो मोबाइलमा कैद गर्न भ्याइहालेँ । 

WhatsApp Image 2023-12-12 at 20.57.211702472576.jpeg
.......
त्यो दिन हाम्रो लागि इन्दौर बसाइको अन्तिम दिन थियो । खचाखच कार्यक्रमले हामी थकित जस्तै भएका थियौं । बिहानको खाना र बेलुकाको खानाको समय हाम्रो लागि आराम गर्न पाएको समय जस्तै हुन्थ्यौं । बिहानको खाना डा. भारत रावतसँगै खाने कुराले म उत्साहित थिएँ । कुनै नयाँ र रोचक विषयमा पक्कै पनि छलफल हुन्छ भन्नेमा म ढुक्क थिएँ । खानाको लागि टेबुलमा हामी लहरै बस्यौं । ‘सिट अरेन्जमेन्ट’ अनुसार मलाई उहाँसँग ‘आइकन्ट्याक्ट’ गरेर कुरा गर्न थोरै तन्किनु पथ्र्यो । विषय र प्रसंग अनुसार म तन्किएरै विषयहरूमा आफ्नो मत र मतभेद मिसाउँथे । कुरा गर्ने शैली जति साधारण छ, मान्छे त्यति नै साधारण । कुराकानीको विषय पनि त्यस्तै सरल । त्यति मात्रै होइन, उहाँको खानापिन पनि त्यति नै सरल रहेछ । लञ्चका लागि सबैले आ आफ्नै रुचि अनुसारका खाना अर्डर गरिरहँदा उहाँले आफ्नो ‘लन्चपट’ निकाल्नु भयो । केही थान रोटी टेबुलको प्लेटमा राख्नुभयो । चनाको दाल, ग्रिन सलाद, साधारण तरकारी (तरकारी के को थियो, थाहा भएन) हामीलाई पनि चाख्न दिनुभयो । अनि आफूले पनि खानुभयो । साधारण खाना खाने उहाँको बानीबाट म प्रभावित भएँ । ‘निम्तो मान्न आएको बेला एक छाक त हो नि’ भनेर उहाँले आफ्नो शैली र प्रतिबद्धता भुल्नु भएन । त्यो सबैभन्दा महत्वपूर्ण कुरा थियो ।

WhatsApp Image 2023-12-12 at 20.46.581702472601.jpegखाना खाँदै गर्दा उहाँले हामीलाई कसरी स्वस्थ हुने, सधैं तन्नेरी हुन कसरी सकिन्छ ? लगायतका विषयमा धेरै मर्मस्पर्शी कुराहरूको जानकारी दिनुभयो । उहाँले भन्नु भएको एउटा प्रसंग म यहाँ उल्लेख गर्छु, ‘कसैले खानेकुरा खान एकदमै कर ग¥यो भन्न नाइ नभन्ने रे । एकपटक आफ्नो टाउको दायाँ तर्फ फर्काउने रे अर्को पटक वायाँ तर्फ । यसो गर्नु भनेको, संकेतिक रुपमा धेरै खाने प्रस्तावलाई इन्कार गर्नु हो । नाईं भन्न उहाँले सिकाउनु भएको नयाँ शैली थाहा पाएर हामी एकदम रमायौँ पनि । उहाँको भनाईको तात्पर्य सन्तुलित खाना, व्यायाम स्वस्थ जीवनका सारथी हुन् । समय घट्कदै थियो । भारतका प्रत्येक सहरले नागरिकलाई दिएको स्वास्थ्य सुविधाका बारेमा केही चर्चा भयो । उहाँका अनुसार उपचारमा लाग्ने खर्च न्यून छ ।

WhatsApp Image 2023-12-12 at 21.01.491702472576.jpeg अनि अर्को कुरा, भारतमा थोरै खर्चमा स्वस्थ र सन्तुलित खानाको जोरजाम गर्न सकिने सन्दर्भमा पनि उहाँको कुरा निकै घतलाग्दा थिए । हामीबाट छुट्टिएर आफूलाई कुरिरहेका बिरामी मुटुहरू भेट्न जाँदै गर्दा उहाँले मह सञ्चारको प्रस्तुति ‘बुढो हुन मन छैन’ बोलको गीत मोवाइलमा देखाउनुभयो । सँगसँगै गीत गुन्गुनाउनु भयो । अलि अलि जीउ पनि मर्काउनुभयो । समय घड्कँदै थियो । हामीले त्यो भ्याउनुपर्ने कामको फेरहिस्त लामो थियो । हतारिएका डा.रावतलाई महानगर प्रमुखले नेपाल आउँदा ललितपुर महानगर आउन निम्तो दिँदै बिदा गर्नुभयो । फेरि भेट्ने वाचा सहितमैले पनि डा.रावतलाई भनेँ, ‘सियू सुन डा.रावत ।’ 

प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८०  १८:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार