सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपालमा थप १,०४४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । कुल ७,४१४ नमुनाको परीक्षण गर्दा त्यति संख्यामा सङ्क्रमित फेला परेका हुन् । योसँगै नेपालमा हालसम्म पुष्टि भएका कोरोनाभाइरस सङ्क्रमितको कुल संख्या २ लाख ४६ हजार ६९४ पुगेको छ । गत २४ घण्टाको अवधिमा नेपालमा ११ जनाको कोभिड–१९ सँग सम्बन्धित कारणले मृत्यु भएको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाएको छ । अहिलेसम्म देशभरि १,६७४ जना सङ्क्रमितको मृत्यु भएको छ ।
कति जना निको भए ? स्वास्थ्य मन्त्रालयका अनुसार विगत २४ घण्टाको अवधिमा थप १,२७१ जना सङ्क्रमणमुक्त भएका छन् । अहिलेसम्म कुल २ ल ाख ३२ हजार ८७२ जना सङ्क्रमित निको भएको छन् । स्वास्थ्य मन्त्रालयको विवरण अनुसार हाल देशभर ५१९ जना क्वारन्टिनमा रहेका छन् भने १२,१४८ आइसोलेशनमा बसिरहेका छन् । गत कात्तिक ५ गते सर्वाधिक ५ हजार ७४३ जना सङ्क्रमित एकै दिन फेला परेका थिए ।