थप १२ सयमा कोरोना भाइरस संक्रमण

१२ जनाको मृत्यु
बिहीबार, मंसिर २५, २०७७

काठमाडौं । नेपालमा थप १,२१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाए अनुसार कुल ७,२३२ नमुनाको परीक्षण गर्दा त्यति संख्यामा संक्रमित फेला परेका हुन् ।  यो सँगै नेपालमा हालसम्म पुष्टि भएका कोरोना भाइरस संक्रमितको कुल सङ्ख्या २,४५,६५० पुगेको छ ।  गत २४ घण्टाको अवधिमा नेपालमा १२ जनाको कोभिड–१९ सँग सम्बन्धित कारणले मृत्यु भएको छ । 
अहिलेसम्म देशभरि १,६६३ जना संक्रमितको मृत्यु भएको छ । बिहीवार पुष्टि भएका संक्रमितमध्ये ७७४ पुरुष र ४४३ महिला रहेका छन् । तीमध्ये काठमाडौंका ३२८ सहित ४०४ जना उपत्यकाका रहेका छन् । हाल उपत्यकाका तीन जिल्लामा मात्रै ५०० भन्दा बढी संक्रमित छन् भने संक्रमित नभएको जिल्ला मनाङ र डोल्पा हुन् ।

कति जना निको भए ?
मन्त्रालयद्वारा प्रकाशित विवरण अनुसार विगत २४ घण्टाको अवधिमा थप १,०६४ जना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म कुल २ लाख ३१ ह्जार ५०१ जना संक्रमित निको भएको मन्त्रालयको तथ्यांक छ । जुन ९४ प्रतिशतभन्दा बढी रहेको मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयको विवरण अनुसार हाल देशभर ५१५ जना क्वारन्टिनमा छन् भने १२,३८६ आइसोलेशनमा बसिरहेका छन् । तीमध्ये ३०९ जना सघन उपचार कक्षमा र ५७ जना भेन्टिलेटरमा रहेका छन् । गत कात्तिक ५ गते सर्वाधिक ५,७४३ जना संक्रमित एकै दिन फेला परेका थिए ।
 

प्रकाशित मिति: बिहीबार, मंसिर २५, २०७७  १७:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार