कोरोनाको परीक्षण दायरा बढाउन ५० हजार भिटिएम र रिएजेण्ट खरीद गर्दै प्रदेश २ सरकार 

बुधबार, वैशाख २९, २०७८

जनकपुरधाम । प्रदेश नं २ सरकारले कोरोना सङ्क्रमण नियन्त्रण सन्दर्भमा परीक्षणको दायरा बढाउन थप ५० हजार भिटिएम र रिएजेण्ट खरीद गर्ने भएको छ । मुख्यमत्री लालबाबु राउतद्वारा प्रदेशका चिकित्सक, जनप्रतिनिधि र प्रमुख जिल्ला अधिकारीसँग गरिएको भर्चुअल छलफलका आधारमा प्रादेशिक कोरोना भाइरस  व्यवस्थापन समितिले थप भिटिएम र रिएजेण्ट खरीद गर्ने निर्णय गरेको हो । समितिले प्रदेशमा हुन सक्ने अक्सिजनको अभावलाई ध्यानमा राखी सङ्घीय सरकारसँग तत्काल चार हजार अक्सिजन सिलिण्डर मांग गर्ने निर्णय पनि गरेको छ । मुख्यमन्त्री सञ्चार सचिवालयका अनुसार होम आइसोलेशनमा रहेका सङ्क्रमितको हेरचाहका लागि स्थानीय तहसँग समन्वय गर्नाका साथै जिल्ला स्वास्थ्य कार्यालयका समन्वयमा प्रत्येक अअस्पतालमा हेल्थ डेस्क स्थापना गर्ने निर्णयसमेत समितिले गरेको छ ।
 

प्रकाशित मिति: बुधबार, वैशाख २९, २०७८  ०७:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार