‘आगामी तीन साता अत्यन्तै कठिन’

मंगलबार, वैशाख २८, २०७८

ललितपुर ः जनस्वास्थ्य विज्ञ डा. रविन्द्र पाण्डेले आगामी तीन साता नेपालको लागि अत्यन्तै कठिन हुने बताएका छन् । डा.पाण्डेले आफ्नो फेसबुकमा ‘स्टाटस’ लेख्दै अस्पतालमा अक्सिजन र बेडको अभाव चर्को रुपमा देखिएपछि अझै ३ साता कठिन अवस्था रहने बताएका हुन् । आउँदो तीन साता दुख सहेरै भएपनि घरभित्रै बस्न उनको सुझाव छ । ३ सातापछि  संक्रमणको दर विस्तारै घट्दै जाने पनि उनले बताएका छन् ।
उनले जीवनको तुलनामा दुख सानो भएकाले खाद्यन्न किन्न दैनिक घरबाट बाहिर ननिस्कन पनि सुझाव दिएका छन् ।े पसल, बाटो, चोक, खेल्ने ठाउँ गल्ली सबैतिर संक्रमण फैलिएको हुन सक्ने बताउँदै बाहिर निस्कनै परेको अवस्थामा डबल मास्क लगाएर मात्रै निस्कन आग्रह गरे । ६ फिटभन्दा धेरै दुरी कायम गर्ने, साबुनुपानी वा स्यानिटाइजरले निरन्तर हात सफा गर्ने, भेटघाट कम गर्ने जस्ता स्वास्थ्य सुरक्षाका उपाय अपनाउन पनि सबै नागरिकलाई अपिल गरेका छन् । यसपटकको कोरोना भाइरसको प्रजातिलाई नजरअन्दाज नगरी सरकारले गरेको कडाइलाई साथ दिदैँ सेल्फ लकडाउनमा बस्न पनि डा.पाण्डेले आग्रह गरेका छन् । कोरोना महामारी रोकथाम भन्दा उपचार निकै कठिन र जोखिमपूर्ण भएकाले आगामी ३ हप्तामा दुख सहन सबैमा उनको आग्रह छ । 

प्रकाशित मिति: मंगलबार, वैशाख २८, २०७८  २१:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार