फेरि एक भए विवेकशील र साझा पार्टी

  निर्विकल्प शक्ति बन्ने दावी
बुधबार, मंसिर २४, २०७७

काठमाडौं । विवेकशिल नेपाली दल र साझा पार्टी दोस्रो पटक एक भएका छन् । यसअघि यि दुई दल एक भएर फुटेका थिए । काठमाडौंबाट भर्चुअल प्रणालीबाट आयोजना गरिएको कार्यक्रममा यि दुवै दलले एक भएको घोषणा गरेका हुन । नयाँ दलको नाम विवेकशील साझा पार्टी राखिएको छ । साझा पार्टीका संयोजक रहेका रवीन्द्र मिश्र अध्यक्ष भएका छन् भने विवेकशिल नेपाली दलका अध्यक्ष रहेका मिलन पाण्डे राष्ट्रिय संयोजक भएका छन् । एकीकरण पत्रमा मिश्र र पाण्डेले हस्ताक्षर गरेका छन् । एकीकरण कार्यक्रममा मिश्रले आफ्नो पार्टीले शिक्षा र स्वास्थ्य निशुल्क गर्ने विषयमा अघि बढ्ने बताए । कार्यक्रममा पाण्डेले नयाँ दललाई युवाको पार्टी बनाउने बताए । उनले सार्वजनिक शिक्षामा ठूलो सुधारको आवश्यका रहेको र भ्रष्टाचार सबै भन्दा घातक रोग रहेको बताए । उनले वाद भन्दा पनि विकास र प्रगति मुख्य कुरा रहेको बताए । दुवै जनाले विगतमा एक भएको पार्टी फुटेकोमा गल्ति महशुस भएको बताए । कार्यक्रममा नेता पाण्डेले एकीकृत दल लोकतान्त्रिक र प्रगशिल दुवै सिद्धान्तलाई अँगाल्ने बताए । उनले यस दललाई निर्विकल्प शक्तिका रुपमा स्थापित गर्ने बताए । उनले विदेशमा रहेका नेपालीहरुको हकहितको विषयलाई जोड तोडले उठाउने बताए । बैकल्पिक केन्द्रका रुपमा दललाई अघि बढाउने उनको भनाई छ । एकीकृत पार्टीको चुनाव चिह्न तराजु राखिएको छ ।  नयाँ पार्टीको केन्द्रीय समिति १ सय ३० जनाको रहने जनाइएको छ । जसमा दुवै दलबाट ६५–६५ रहने छन् । दुई महिनाभित्र सवै संरचना समायोजन गर्ने एकीकरण कार्यक्रममा बनाइएको छ । त्यसैगरी ६ महिनाभित्र एकता महाधिवेशन गर्ने र त्यसबाट नयाँ कार्यसमिति चयन गर्ने जनाइएको छ ।
 

प्रकाशित मिति: बुधबार, मंसिर २४, २०७७  १६:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार