सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले बाढीसहितको हिलामाटोले टनेल पूर्ण रूपमा थुनिएकाले त्यहाँ फसेकाहरूको उद्धार कार्य निकै चुनौतीपूर्ण रहेको बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा भोटेकोशी बाढीबारे ब्रिफिङ गर्दै प्रधानमन्त्री शाहले विश्वका विभिन्न देशमा टनेलमा विपत्ति आउँदा पहिरो पन्छाएर उद्धार गर्ने विशेषज्ञ र प्रविधि उपलब्ध भए पनि अहिलेको अवस्था त्यसभन्दा फरक रहेको बताए । उनले भने, ‘टनेलमा फस्नुभएकाहरूको अहिले धेरै चर्चा भइरहेको छ । यो टनेलमा आएको विपत्ति विशेष किसिमको छ । विश्वभरको कुनै टनेलमा विपत्ति आउँदाखेरी विश्वभरिका टनेल एक्सपर्टहरू टनेलमा आउने पहिरोलाई पन्छाएर उद्धार गर्ने एक्सपर्टिजहरू विश्वभर नै रहेको छ । तर यो चाहिँ किन फरक किसिमको हो भने पहिरोले प्रभावित भएको अथवा थुनिएको टनेल होइन र यो बाढीसहित हिलामाटोले पूर्ण रूपमा थुनिएको टनेल हो । यो सम्बन्धी काम गर्ने एकदमै ठूलो एक्सपर्टिज कुनै देशमा पनि थिएन । हामीसँग पनि तत्कालै गर्ने टेक्नोलोजी अहिलेसम्म कोहीसँग पनि छैन । विभिन्न राष्ट्रमा जति उद्धार भएको थियो, त्योभन्दा यो एकदमै विल्कुलै फरक अवस्था हो ।’