सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक बसेको छ । बैठकमा सहभागी नेताहरुलाई छलफल गर्दै प्रधानमन्त्री ओलीले कोभिड¬–१९ को नियन्त्रण, प्राप्त उपलब्धीहरुको रक्षा, संविधान विरोधी र हिंसात्मक गतिविधिहरुको विरोधमा एकजुट हुन आग्रह गरेका छन् । बैठकमा संसद्मा रहेका दलहरु नेकपा, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को सहभागिता छ । यसअघि गएको वैशाख ३१ मा सर्वदलीय बैठक बसेको थियो । त्यसबेला नेपाली भूमि मिचेर भारतले चीनसँग जोड्ने सडक निर्माण गरेपछि प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएका थिए ।