मूर्ति चोरी नहोस् भनेर प्रहरी र पूजारीको सुरक्षामा रातो मच्छिन्द्रनाथको रथ

शनिबार, जेठ ६, २०८०

ललितपुर । वर्षा र सहकालका देवताका रूपमा विश्वास गरिने रातो मच्छेन्द्रनाथको रथलाई रथारोहनदेखि रातदिन प्रहरी र पूजारीको सुरक्षामा राखिएको छ । मच्छिन्द्रनाथको ठूलो रथ र मीननाथको सानो रथसँगै रहेका मूर्ति चोरी नहोस् भनेर सुरक्षाका लागि छ जना सुरक्षाकर्मी खटिएको जिल्ला प्रहरी कार्यालय ललितपुरका प्रहरी सहायक निरीक्षक रोहन महर्जनले जानकारी दिए ।
साइतअनुसार करिब दुई महिनाभन्दा बढी चल्ने रातो मच्छिन्द्रनाथको जात्रा हाल केही दिनयता लगनखेलको थती टोलमा रोकिएको छ । थति टोलमा पूजापाठ गर्न भक्तजनको बिहान र बेलुका भीडभाड हुने गरेको छ ।
पुल्चोकमा रथारोहण गरी सुरु भएको मच्छिन्द्रनाथको रथयात्रा ललितपुरको गाःबाहल, मङ्गलबजार, सुन्धारा, लगनखेललगायत विभिन्न ठाउँमा घुमाइएको छ । साइतअनुसार हाल लगनखेलको थती टोलमा रोकिएको मच्छिन्द्रनाथको रथलाई लगनखेलबाट यही जेठ ८ गते पश्चिमतिर तानेर जावलाखेल पुर्‍याइनेछ ।
रातो मच्छेद्रनाथको जात्रा नेपालमा मनाइने जात्रामध्येकै सबैभन्दा लामो जात्रा हो । जावलाखेलमा पु¥याएर भोटो देखाएपछि मच्छिन्द्रनाथलाई सानो खटमा राखेर बुङ्गमती पुर्‍याएपछि जात्रा समापन हुन्छ ।

 

प्रकाशित मिति: शनिबार, जेठ ६, २०८०  १७:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार