नक्कली शरणार्थी प्रकरणमा ७ जनाको थुना आदेश सदर  

बिहीबार, वैशाख १३, २०८१

काठमाडौं । निलम्बित सांसद, पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझीसहित नक्कली शरणार्थी प्रकरणका ७ प्रतिवादीलाई थुनामा पठाउने जिल्ला र उच्च अदालतको आदेश सर्वोच्चले सदर गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्धय कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले बिहीबार केहीलाई थुनामुक्त गर्ने आदेश गरे पनि पूर्वमन्त्री रायमाझी र नेपाल सरकारका तत्कालिन सचिव टेकनारायण पाण्डेसहित सात जनालाई भने थुनामै पठाउन आदेश दिएको हो ।  अदालतको आदेशअनुसार निलम्बित सांसद रायमाझीसहित पाण्डे, केशवप्रसाद दुलाल, सन्देश शर्मा, सागर राई, डा. इन्द्रजित राई र सानु भण्डारीले पुर्पक्षका लागि थुनामै बस्नुपर्ने भएको छ । यद्यपि सर्वोच्चले पूर्वसांसद आङटावा शेर्पा र बिचौलिया भनिएका गोविन्द चौधरीलाई भने धरौटीमा छाड्न आदेश दिएको छ । शेर्पालाई ३० लाख रुपैयाँ र चौधरीलाई १० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको हो ।

प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  १९:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार