अक्सिजनका खाली सिलिण्डर उपलब्ध गराउन सरकारकाे आह्वान 

कोभिड–१९ का सङ्क्रमितको उपचारका लागि अक्सिजन अभाव 
बिहीबार, वैशाख २३, २०७८

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खाली प्राणवायु (अक्सिजन) को खाली सिलिण्डर अस्पताललाई उपलब्ध गराउन आह्वान गरेको छ । मन्त्रालयको अनुगमनका क्रममा  धेरै सिलिण्डर खाली आफँै राख्ने पाइएकोले यस्ता खाली सिलिण्डर अस्पतालमा कोभिड–१९ का सङ्क्रमितको उपचारका लागि अक्सिजन सिलिण्डर उपलब्ध गराउन आह्वान गरेको हो ।  मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले अनुगमनका क्रममा सिलिण्डर खाली राख्ने र भरेर पनि भण्डारण गरेर राख्ने भएकोले उद्योग व्यवसायी र सरोकारवालाले त्यस्ता सिलिण्डर अस्पताललाई उपलब्ध गराउन अनुरोध गरेका हुन् ।  अक्सिजन सिलिण्डरको सङख्या छ हजार २८८ रहेको र दैनिक एक हजार ४११.५ लिटर खपत भइरहेको जनाइएको छ । उनका अनुसार धेरै भन्दा धेरै सिलिण्डर भरी नागरिकको ज्यान बचाउनका लागि अस्पताललाई उपलब्ध गराउनु भनिएको छ ।  मन्त्रालयले खाली र भरेर भण्डारण गरेको पाइएमा सङ्क्रामक रोग ऐन २०२० को आधारमा अनुगन गरी कारवाही गर्ने जनाएको छ । उनले सङ्क्रमितको उपचारका लागि अत्यावश्यक पर्ने अक्सिजन तथा अक्सिजन सिलिण्डर अझै पनि सरकारको निर्णय विपरीत धेरै उद्योगधन्दामा प्रयोग भइरहेको जनाका छन ।–रासस
 

प्रकाशित मिति: बिहीबार, वैशाख २३, २०७८  २०:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार