संघीय सरकारविरुद्ध बालेनको आक्रोश

सिंहदरबार र राजधानी अर्कै पालिकामा लैजानु : बालेन साह

संघीय सरकारले अनावश्यक राजनीति र असहयोग गरेको बालेनको गुनासाे
बिहीबार, चैत ३०, २०७९

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको व्यवहार अराजक र उग्र भन्दै सेचत गराउने निर्णय गरेको संघीय सरकारलाई राजधानी-सिंहदरबार अर्काै पालिमा सार्न व्यङग्य गरेका छन् ।
महानगरपालिकाका मेयर साहले बिहीबार संघीय सरकारविरुद्ध आक्रोश पोख्दै ट्वीट गरेका छन् । संघीय सरकारविरुद्ध बालेनले एकपछि अर्को आक्रोश पोखिरहेका छन् ।
१४ वटा कारण देखाउँदै संघीय सरकार अन्तर्गतका सिंहदरबार, बालुवाटार र शीतल निवासको फोहोर बालेनले एक सातादेखि उठाइरहेका छैनन् ।
बिहीबार मध्यान्ह बालेनले संघीय सरकारविरुद्ध झन् कडा टिप्पणीसहित बरु राजधानी काठमाडौं नै अर्कै पालिकामा सारेर लैजान चुनौती दिएका छन् ।
त्यसपछि पनि बालेनले फोहोर नउठाउने अडानबाट पछि नहट्ने जनाउ बुधबार नै दिइसकेका छन् । उनले आफूहरुसँग मिलेर काम नगर्ने भ‌ए राजधानी नै अन्त सार्न भनेका हुन् ।
"कि काठमाडौंको हितमा काम गर्नुहोस्, कि सिंहदरबार अरु पालिकामा सार्नुहोस्", उनले संघीय सरकारलाई चुनौतीसहित भनेका छन्, "हामी काठमाडौंबासीलाई कुनै आपत्ति छैन, चाहे सिंहदरबार सार्नुस् कि राज्धानी सार्नुस् ।"

Balen 1681370192.png
उनले आफूले अघि बढाएका काममा संघीय सरकारले अनावश्यक राजनीति र असहयोग गरेको गुनासो पनि गरेका छन् ।
"हामीलाई हाम्रो सम्पदा, संस्कृति, कला र सभ्यता चाहिन्छु, उनले अगाडि भनेका छन्, "राजनिती होइन ।" उनले लेखेका छन् "कि काठमाडौंको हितमा काम गर्नुहोस ,
कि सिंहदरबार अरु पालिकामा सार्नुहोस् ।
हामी काठमाडौं बासीलाई कुनै आपत्ती छैन , चाहे सिंहदरबार सार्नुस कि राज्धानी सार्नुस  । हामीलाई हाम्रो सम्पदा, संकृती , कला, सभ्यता चाहिन्छ, राजनिती हैन ।"

प्रकाशित मिति: बिहीबार, चैत ३०, २०७९  १२:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार