युरोपेली सङ्घले दियो १५ लाख मात्रा खोप

कोरोना संक्रमण बढ्दो, खोप आउने क्रम पनि जारी
बिहीबार, चैत ३०, २०७९

काठमाडौँ । नेपालमा पछिल्ला केही दिनयता कोरोना भाइरसको संक्रमणको दर दिनानुदिन बढिरहेको छ । सरकारले बुस्टर खोप लगाउन पनि अभियानकै रुपमा सुरु गरिरहेको छ । यस्तैमा युरोपेली सङ्घले कोरोना भाइरसविरुद्धको करिब १५ लाख मात्रा खोप उपलब्ध गराएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेललाई नेपालका लागि युरोपेली सङ्घका राजदूत नोना डेप्रेजले उक्त खोप हन्तान्तरण गरिन् ।

https://scontent.fktm10-1.fna.fbcdn.net/v/t39.30808-6/340788625_3279701648995399_2220287923901649830_n.jpg?_nc_cat=100&ccb=1-7&_nc_sid=730e14&_nc_ohc=yeLWPGK_RS4AX--WHPh&_nc_ht=scontent.fktm10-1.fna&oh=00_AfBxM3j4rPnlomfIRGATHpqeNpCb68-Lv8xkbmQ7Bm5uPw&oe=643BC71F
यो खोप संयुक्त राष्ट्र सङ्घको संयोजनमा कोभ्याक्स सुविधामार्फत उपलव्ध गराइएको हो । ‘फाइजर वायोटेक वाइभ्यालेन्ट’खोप बुस्टर डोजका लागि उपयोग गरिनेछ ।
नेपाललाई हस्तान्तरण गरिएको खोपमध्ये अष्ट्रियाबाट चार लाख तीन सय २० मात्रा, चेक रेपब्लिकबाट तीन लाख ६२ हजार आठ सय ८० मात्रा, फ्रान्सबाट एक लाख ९५ हजार आठ सय ४० मात्रा, ग्रिसबाट तीन लाख ४८ हजार चार सय ८० मात्रा र इटालीबाट एक लाख ९५ हजार आठ सय ४० मात्रा खोप छन् ।

 

प्रकाशित मिति: बिहीबार, चैत ३०, २०७९  ०५:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार