सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । सोमवार नेपालमा १,०१४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । कुल ६,२२० जनाबाट संकलित नमुनाको परीक्षण गर्दा त्यति संख्यामा सङ्क्रमित फेला परेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यो वृद्धिसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल संख्या लगभग दुई लाख ४२ हजार पुगेको छ । मन्त्रालयका अनुसार अहिले नेपालभरि १२ हजार ९४८ जनामा सक्रिय संक्रमण छ । सो अवधिमा २० जनाको कोभिड–१९ सँग सम्बन्धित कारणले मृत्यु भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म देशभरि १,६१४ सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लामा धेरै सङ्क्रमित फेला पर्ने क्रम अहिले पनि जारी छ । कति जना निको भए ? मन्त्रालयद्वारा प्रकाशित विवरण अनुसार विगत २४ घण्टाको अवधिमा थप १,६२८ जना सङ्क्रमणमुक्त भएका छन् । अहिलेसम्म कुल दुई लाख २७ हजारभन्दा बढी सङ्क्रमित निको भएको मन्त्रालयको तथ्यांक छ ।अर्थात नेपालमा सङ्क्रमित निको हुने दर ९३ प्रतिशतभन्दा बढी छ । गत कात्तिक ५ गते सर्वाधिक ५,७४३ जना सङ्क्रमित फेला परेका थिए ।