गोदावरी नगरपालिकाले सम्पन्न गर्‍यो सार्वजनिक सुनुवाई

नगरप्रमुख भन्छन्, ‘विकास गतिविधि हिँडेको होइन, दौडिएको छ’
मंगलबार, चैत २८, २०७९

ललितपुर (बज्रबाराही) । गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले नगरभित्र विकास गतिविधि हिँडेको नभई दौडिएको दाबी गरेका छन् ।
नगरपालिकाले मंगलबार आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा नगरभित्र भएका कामको फेरहिस्त प्रस्तुत गर्दै उनले भने, ‘अघिल्लो कार्यकाल मेरो लागि पहिलो थियो, अनुभव थिएन, अहिले अनुभव भयो, विकास गतिविधि हिँडेको होइन, दौडिरहेको छ ।’ नगरप्रमुख महर्जनका अनुसार हालसम्म नगरस्तरीय दुई सय २३  योजना सम्झौता भइसकेको छ । आर्थिक वर्ष २०७९÷२०८०का लागि नगरस्तरीय पूर्वाधार तर्फका योजना संख्या ३ सय २१ छन् । वडास्तरीय पूर्वाधार तर्फको ३ सय २१ योजनामध्ये एक सय ५४ योजना सम्झौता भइरहेको छ । उनले भने, ‘अघिल्लो वर्ष यहि समयमा एकदम थोरै योजनाहरू सम्झौता भएको थियो, त्यसैले चालु आवमा विकास गतिविधि दौडिएको छ भनेको हुँ ।’ 

338925923_1996745320662708_6771627608699852469_n1681230973.jpg
नगर गौरवका आयोजनाहरूमा भएको ढिलासुस्तीका बारेमा सार्वजनिक सुनुवाईमा उठेका प्रश्नको जवाफ दिँदै नगर प्रमुख महर्जनले प्रक्रिया पूरा गर्दा धेरै समय लागेको तर्क गरे । उनले भने, ‘ इन्जिनियरिङ कलेजको वातावरणीय प्रभाव मूल्याङकन (र्इआर्इए) को प्रतिवेदन प्राप्त गर्न तीन वर्ष लाग्यो ।’ यो कलेजमा इन्जिनियरिङ पढ्न चाहने गोदावरीवासीलाई प्राथमिकता दिइने उनले प्रष्ट पारे । 

No description available.
उपप्रमुख मुना अधिकारीले महिलाका लागि आर्थिक आत्मनिर्भरता महत्वपूूुर्ण भएको बताउँदै नगरपालिकाले तालिमलाई उद्यमशीलतासँग जाडेको बताइन् । उनले भनिन् ‘मेरो अघिल्लो कार्यकालमा धेरै तालिम सञ्चालन भयो, अब तालिमलाई उद्यमशीलतासँग जोड्नुपर्छ भनेर लागेका छौं । गोदावरी नगरपालिकाले एनआइसी एसिया बैंकसँग सहकार्य गरी व्यवसाय गर्न चाहनेलाई १० लाखसम्म ऋण उपलब्ध गराउने तयारी  गरेको नगरप्रमुख महर्जनले जानकारी दिए । उक्त ऋणको व्याज नगरपालिकाले बेहोर्ने नगरप्रमुख महर्जनको भनाई छ । 

339575364_726909782310296_1867306086068896483_n1681230974.jpg
उनले भने, ‘हामीले यसो गर्नुको मुख्य उद्देश्य पालिकाभित्र रोजगारी सिर्जना होस् भन्ने हो ।’ ऋण प्राप्त गर्ने प्रक्रियामा पक्षपात होला कि भन्ने प्रश्नमा उनले भने, ‘बैंक, कर्मचारी र जनप्रतिनिधिको टिमले छनौट गर्ने हो, व्यवसाय गरेको एक वर्ष पुगेको हुनुपर्छ, त्यस्तो हुँदैन ।’ 
उनले आफ्नो दोस्रो कार्यकालमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेको पनि जानकारी दिए । पूर्वाधार निर्माण, पर्यटन प्रबध्द्र्धन, सम्पदा संरक्षण पनि प्राथमिकतामा रहेको उनले दाबी गरे । 
प्रमुख प्रशासकीय अधिकृत प्रवीण कोइरालाले सार्वजनिक सुनुवाई कार्यक्रममा नगर गौरवका आयोजनाहरूको अवस्था, पूर्वाधार निर्माण, सुशासन र सेवा प्रवाह, कृषि, शिक्षा, सूचना प्रविधि, उद्योग तथा सहकारी, वातावरण, स्वास्थ्य, कानून क्षेत्रमा भएको कामको विस्तृत विवरण प्रस्तुत गरेका थिए । 

339684927_586126886811889_6908957012758542075_n1681230977.jpg
सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीहरूले बाटो नबनेका कारण समस्या भएको गुनासो राखेका थिए । ती गुनासोको सम्बोधन गर्दै नगरप्रमुख महर्जनले आफ्नो दोस्रो कार्यकालमा नगरभित्रका सडकहरू कालोपत्रे गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘सबै त नभनौं धेरै भन्दा धेरै सडक कालोपत्रे हुन्छ, हिलो धुलो खेप्नु पर्दैन ।’ सार्वजनिक सुनुवाईमा गोदावरी नगरपालिकाका १४ वटै वडाका वडा अध्यक्षहरु, महाशाखा–शाखा प्रमुख सहभागी थिए । 

प्रकाशित मिति: मंगलबार, चैत २८, २०७९  २२:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार