तनहुँ-१ मा कांग्रेसबाट गोविन्द भट्टराई उम्मेदवार

सोमबार, चैत १३, २०७९

काठमाडौं । तनहुँ–१ मा हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेसले गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने भएको छ । यस क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचिन रामचन्द्र पौडेल राष्ट्रपति चयन भएपछि उक्त क्षेत्र अहिले खाली छ ।
शनिबार बसेको कांग्रेसको पदाधिकारी बैठकमा भट्टराईलाई उम्मेदवार बनाउनेमा प्रारम्भिक सहमति जुटेको छ ।
काँग्रेस सभापति शेरबहादुर देउवाले भने यसअघि नै भट्टराईलाई निर्वाचनको तयारीमा जुट्न भनिसकेका छन्। नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष र नेपाल तरुण दलका उपाध्यक्ष भइसकेका भट्टराईले २०७४ सालमा गण्डकी प्रदेशस सभाका लागि उम्मेदवार बनेका थिए । त्यति बेला उनी नेकपा एमाले तथा माओवादीका बीच गठबन्धन रहेकोले माओवादीका हरिबहादुर चुमनसँग पराजित भएका थिए ।
निर्वाचन आयोगले तनहुँ–१ सहित प्रतिनिधिसभाका ३ रिक्त स्थानमा १० वैशाखमा उपनिर्वाचन गर्दै छ ।

प्रकाशित मिति: सोमबार, चैत १३, २०७९  १०:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार