काठमाडौं जोड्ने प्रमुख सडक सञ्चालनमा, केही स्थानमा एकतर्फी

मंगलबार, असोज १३, २०८३

काठमाडौं । काठमाडौं जोड्ने प्रमुख राजमार्ग तथा सडकहरू नियमति सञ्चालनमा आएका छन् ।  मंगलबार बिहान ९ बजेसम्मको अवस्थाअनुसार बीपी राजमार्ग, पृथ्वी राजमार्ग, कान्ति राजमार्ग, त्रिभुवन राजपथ, अरनिको राजमार्ग तथा बल्खु–कुलेखानी–भीमफेदी–हेटौंडा सडक सञ्चालनमा रहेका छन् । यी सडकका केही स्थानमा सडकको अवस्थाका कारण एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको भए पनि अधिकांश स्थानमा भने दुईतर्फी रूपमा यातायात सञ्चालनमा रहेको रहेको छ । धादिङस्थित कृष्णभीर सडकखण्ड पनि हाल दुवैतर्फबाट सवारीसाधन सञ्चालन भइरहेको छ । 

प्रकाशित मिति: मंगलबार, असोज १३, २०८३  १०:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार